दलाल र भ्रष्टहरूलार्इ कार्वाहीकाे लिष्ट तयार पार्दै सर्लाहीमा नेपाल कम्युनिस्ट पार्टीले जिल्ला जनपरिषद् गठन गरेको छ । शनिबार जिल्ला जनप्रतिनिधि सभाको प्रथम भेला सम्पन्न भएको छ ।

भेलाले जनक राउतको नेतृत्वमा ४५ सदस्यीय जनप्रतिनिधि सभा गठन गरेको छ ।

त्यसैगरी लालबहादुरको नेतृत्वमा १३ सदस्यीय जनपरिषद् गठन पनि गरेको छ । नेकपाले जनपरिषदलाई समानान्तर सत्ताको रुपमा गठन गरेको हो ।

सर्लाहीमा पहिलो पटक गठन भएको जनपरिषद्ले जनगुनासाहरुका साथै स्थानीय तहमा भइरहेका भ्रष्टाचार, ढिलासुस्ती, कमिसनविरुद्ध संघर्ष गर्ने बताइएको छ ।

भेलामा नेकपाकी नेतृ तथा केन्द्रीय जनप्रतिनिधि सभाकी अध्यक्ष उमा भुजेलले जनपरिषदलाई समानान्तर सत्ताको अभ्यास गर्न निर्देशन दिएकी थिइन् ।

देशैभरि जनसरकार घाेषणालार्इ तीव्रता दिएकाे विप्लव नेकपाले भ्रष्टहरूलार्इ कार्वाहीकाे लिष्ट समेत तयार पारेपछि दलालहरू अातंकित बनेकाे बताइएकाे छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार