अाार के तामाङ, रामेछापबाट ।

विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताहरू अाफ्नै घर अागनमा अाइपुगेपछि जनयुद्धका सहिद परिवारले अाफुहरूले अाफ्नै छाेराछाेरी घर अाएकाे अनुभूति गरेका छन् ।
रामेछापकाे मन्थली नगरपालिका अन्तर्गत नेवार वस्तीमा जनयुद्धका सहिद रमिता लुङ्गेली मगरकी बुबा र अामाले यस्ताे अनुभूति गरेका छन् ।
नेकपाकाे एकीकृत जनजागरण अभियानका क्रममा साे पार्टीका नेता कार्यकर्ताहरू अाफ्नै घरमा अाउँदा सहिद रमिताका बुबा र अामाले जनयुद्धमा प्रचण्डहरूले धाेका दिएपनि अब विप्लवहरूले धाेका नदिनु भन्दै भावुक भएर अभिव्यक्ति दिएका थिए ।
‘हामीलार्इ धेरै समयपछि तपार्इहरू भेट्न अाउनु भाे, हामी खुशी छाैं । अहिलेसम्म काेही पनि भेट्न अाएका थिएनन् ।’ सहिद रमिताकी अामाले भनिन्, ‘हामीलार्इ अाशा छ अब तपार्इहरूबाट सहिद परिवारलार्इ फेरि पनि धाेका नहाेस् ।’
सहिदका अामा बुबाले यस्ताे भावुक अभिव्यक्ति दिएपछि नेकपाका स्थायी समिति सदस्य हेमन्त प्रकाश अाेली सुदर्शनले अाफ्नाे पार्टीले जनता र सहिद परिवारलार्इ कहिल्यै धाेका नदिने प्रतिबद्धता जनाए।
‘हामी जनयुद्ध र तपार्इकाे छाेरीका सपना पूरा गर्न निरन्तर क्रान्तिकाे बाटाेमा हिडिरहेका छाै’, स्थायी समिति सदस्य सुदर्शनले भने, ‘प्रचण्डहरूले धाेका दिए पनि हामी सहिदकाे सपनालार्इ धाेका दिने छैनाैं ।’
सहिद रमिताकाे घरमा अाइपुग्दा बुबा अामा मात्र भएकाे, कुनै भरपर्दाे सहारा नभएकाे देखिन्थ्याेे ।
विप्लव नेतृत्वकाे नेकपाका नेताहरूले हामी तपार्इका छाेराछाेरी जस्तै हाैं, चिन्ता नलिनु हाेला भनेर भन्दा सहिद परिवारले भराेसाकाे अनुभूति गरेकाे देखा पर्दथ्याे ।







