विप्लव नेतृत्व नेपाल कम्युनिस्ट पार्टीकाे अाफ्नै सत्ता मानिने क्रान्तिकारी जनपरिषद, नेपाल रामेछापले ९९ रोपनी जग्गा कब्जा गरेको छ ।

जिल्लाको खाडादेवी खैरेनीमा रहेको सार्वजनिक जग्गा ब्यक्तिले हडपेकोले सो जग्गा सार्वजनिक नै हुनुपर्ने भन्दै कब्जा गरिएको रामेछाप जनपरिषदले जनाएको छ ।
जनपरिषद रामेछापको नाममा जारी गरिएको सार्वजनिक अपिलमा साे जग्गा अब अाफ्नाे जनसत्ताकाे हातमा रहेकाे बतार्इएकाे छ ।
साे सार्वजनिक जग्गालार्इ भुमाफियाहरूले आर्थिक चलखेल गर्नका लागि उपभाेग गरेकाेे जनपरिषद रामेछापले छ ।
रामेछापका ६ भुमाफियाहरू मिलेर सार्वजनिक जग्गालार्इ ब्यक्तिगत बनाएकोले कब्जा गरिएको र उक्त जग्गा कसैलाई पनि किनबेच नगर्न जनसरकारले सबैमा आग्रह समेत गरेको छ ।
विप्लव नेतृत्वकाे नेकपाले दलाल र भुमाफियाहरूद्धारा अधिकरण गरिएकाे जग्गालार्इ अाफ्नाे जनसत्ताद्धारा कब्जा गरेपछि स्थानीयहरू खुशी बनेका छन् ।








