
सिंगापुरमा अमेरिकासँग हुने ऐतिहासिक वार्ताका लागि उत्तर कोरियाले अाफ्नाे एजेण्डा तय गरेको छ ।
स्थायी शान्ति संयन्त्र स्थापनालाई प्राथमिकतामा राख्दै उत्तर कोरियाली नेता किम जोङ्ग उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्मसँगको वार्ता एजेण्डा तय गरेका छन् ।
ऐतिहासिक वार्ताका लागि सिंगापुरमा रहेका ट्रम्प र किमबीच भोलि पहिलो पटक भेटवार्ता हुँदैछ । उत्तर कोरियाली नेता किमले ऐतिहासिक वार्तालाई विश्वले व्यग्रताका साथ हेरिरहेको प्रतिक्रिया दिएका छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्पले वार्तालाई लिएर आफु सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् । वार्ताका क्रममा परमाणु हतियार त्याग्न उत्तरलाई अमेरिकाले आग्रह गर्ने बीबीसीले जनाएको छ ।
यद्यपि परमाणु हतियार त्यागको बदलामा उत्तर के चाहन्छ भन्ने विषयमा भने स्पष्ट भईसकेको छैन ।
भोली हुने ऐतिहासिक वार्ता अघि ट्रम्प र किम सिंगापुरका छुट्टाछुट्टै होटलमा बसेका छन् । जसको सुरक्षा सिंगापुर गोर्खाले दिएको छ ।







