लामाे महाभारत सामना गरेर पार्टी एकीकरण गरेकाे भएपनि हाल नेपाल कम्युनिष्ट पार्टीकाे भातृ संगठन मिलाउन झनै साे पार्टीलार्इ ठूलाे महाभारत युद्ध लड्नु परेकाे साे पार्टीका एक शीर्ष नेताले खुलासा गरेका छन् ।

अाेली  प्रचण्ड नेतृत्वकाे नेकपा स्थायी समिति सदस्य मणि थापाले तत्कालीन एमाले र माओवादीका भातृ संगठन एक बनाउन अप्ठ्यारो भएको स्वीकार गरेका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै थापाले संगठनहरुको एकता गराउनका लागि निकै ठूलाे संघर्ष नै गर्नुपरेको बताए ।

दुई पार्टी मिलेर एक भइसकेको अवस्थामा अब भागबण्डाको आधारमा संगठन बनाउन नहुने थापाले बताएका छन् ।

भातृ संगठनमा आवद्ध नेताहरुमा आकांक्षा हुनु सामान्य भए पनि पार्टीको नीति भित्रै रहेर एकता गराइने थापाको दाबी छ ।

सामान्य असन्तुष्टीकाबीच पनि सकारात्मक दिशातर्फ भातृ सगठनको एकता प्रक्रिया अगाडि बढिरहेको थापाले बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार