नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरधनी शारदा अधिकारीको निर्माण कम्पनी शैलुङ कन्स्ट्रक्सन अन्तत कारबाहीमा पर्ने भएको छ । सो कम्पनीको सूची गृहमन्त्रालयमा पुगेको छ ।
भक्तपुर जिल्ला प्रशासनले अधिकारीको शैलुङ कन्ट्रक्सनलाई कारवाही सिफारिस गरेको हो । भक्तपुर प्रशासनले अधिकारीसहित समयमा काम सम्पन्न नगर्ने १० आयोजनाका छ ।
अधिकारीको शैलुङ कन्स्ट्रक्सनले दुई वर्षभित्र सम्पन्न गर्ने गरी २०७१ जेठमा कमल विनायक–नगरकोट सडक निर्माणको जिम्मा लिएको थियो ।
ठेकेदार अधिकारीले नेकपाका दोस्रो अध्यक्ष प्रचण्डलाई ललितपुरको खुमलटारमा बस्न घर दिएका छन् । गृहमन्त्री रामबहादुर थापालाई प्रचण्डले दवाव दिएर अधिकारीलाई कारबाही नगर्न यसअघि नै दवाव दिएको समाचार दैनिक नेपालले सार्वजनिक गरिसकेको छ ।
चार वर्षमा ३ पटक म्याद थपे पनि ४३ प्रतिशत मात्रै काम सकिएको छ । तेस्रोपटक थपिएको म्याद पन यही असार मसान्तमा सकिँदै छ ।
गृह मन्त्रालयले समयमै विकास निर्माणका काम सम्पन्न नगर्ने कम्पनीहरूको नाम पठाउन निर्देशन दिएपछि प्रशासन कार्यालयले यो विवरण पठाएको हो ।
ठेकेदारले समयमा काम नसक्दा सडकमा हिलो, धुलो र खाल्डाखुल्डीका कारण विदेशी पर्यटकसहित यात्रुले कष्टपूर्ण यात्रा गर्नुपरेको छ ।
प्रशासनले डिभिजन सडक कार्यालय, शहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय भक्तपुर र चाागु नारायण नगरपालिका अन्तर्गतका आयोजनाहरू समयमै सम्पन्न हुन नसकेकोले कारवाहीको लागि गृहमा सिफारिस गरेको हो ।
भक्तपुर प्रशासनले निर्माण व्यवसायी दीपक राना मगरको लोहनी एण्ड ब्रदर्श(लालीगुराास निर्माण सेवा जेभीले ठेक्का लिएका तीनवटा योजना समयमा पूरा नभएको विवरण गृहलाई पठाएको छ ।







