नेपाली कांग्रेसका नेता गगन थापाले संघीयताका लागि पूर्वराजा नभई प्रधानमन्त्री केपी शर्मा ओली सबैभन्दा ठूलो खतरा भएको बताएका छन् ।

सोमबार नेविसंघ काठमाडौंको भेलालाई सम्बोधन गर्दै नेता थापाले प्रधानमन्त्री ओलीलाई संघीयता नै मन नपरेको दाबी गरे ।

यो व्यवस्थालाई ठूलो खतरा को बाट छ भन्ने प्रश्न गर्दै उनले भने, ‘पूर्वराजाबारे टिप्पणी गर्न आश्वयक ठान्दिनँ । नागरिक भएर बस्नु भएको छ, आफ्नो स्वतन्त्रता प्रयोग गर्नु भएको छ ।’

स्वतन्त्र नागरिकले उपयोग गर्ने अधिकार प्रयोग गर्ने छुट पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि भएको उनले बताए । विप्लव नेतृत्वकाे नेकपाबाट पनि खतरा नदेखेको सुनाए ।

कांग्रेस सांसद थापाले अघि भने, ‘जनताबाट सबैभन्दा बढी मत प्राप्त गरेर दुई तिहाई बहुमतका साथमा जसले सरकार चलाइरहेको छ, व्यवस्थालाई ठूलो खतरा त्यहाँबाट छ ।’

अहिले सांसरभर त्यही फेनोमेनन देखिएको उनको विश्लेषण छ । बहुसंख्यक अमेरिकीहरुले लोकतन्त्रका लागि ठूलो खतरा राष्ट्रपति डोनाल्ड ट्रम्पबाट देखेकोे भन्दै उनलेभने, ‘यो फेनोमेनन संसारभर देखिएको छ र नेपाल त्यसको एउटा पाटो हो ।’

उनले प्रधानमन्त्री केपी ओली नै कसरी संघीय व्यवस्थाका लागि खतरा हुने भन्ने तर्क दिए ।

पार्टीमा ३३ प्रतिशत महिला सहभागिता नभएको भन्दै गुनासो गर्न पुगेका नेताहरुलाई प्रधानमन्त्री ओलीले ‘ट्याउँट्याउँ कराउने होइन’ भनेको सुनाउँदै थापाले भने, ‘यो संविधानको आधारभूत कुरालाई नै प्रधानमन्त्रीले स्वीकार नगरेको प्रमाण हो ।’

उनले संघीयता सबैभन्दा मन नपराउने चित्रबहादुर केसी नभई प्रधानमन्त्री ओली भएको दाबी गरे । उनले भने, नेपालमा सबैभन्दा संघीयता मन नपराउने मानिस दुर्भाग्यवश प्रधानमन्त्री केपी शर्मा ओली हो । चित्रबहादुर केसीले त बाहिर भन्नुभएको छ । प्रधानमन्त्री ओलीलाई त संघीयता भन्ने व्यवस्था नै मन पर्दैन ।’

प्रधानमन्त्रीलाई नै संघीयता, समावेशीता मन नपरेका कारण खतरामा पर्न सक्ने उनको दाबी छ । ५-१० वर्ष अभ्यास गरेर संघीयता असफल भयो भन्ने छुट कांग्रेसलाई नभएको थापाले बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार