केपी अाेली नेतृत्वकाे नेकपा ब्राकेटका नेता भीम रावलले अाफ्नै नेता र प्रधानमन्त्री अाेलीलार्इ चुनाैती दिनेगरी अर्काे अभिव्यक्ति दिएका छन् ।

केही दिनपछि चीन भ्रमणमा निस्कन थालेका अाेलीलार्इ कुनै तयारीबिना भ्रमण गर्न थालेकाे र यस अघिका बिअारअार्इ र शांघाइ काे अपरेशनमा नेपाललार्इ चीनले भ्रमणकाे निम्ताे नदिनु अाेलीकाे समस्याका कारण भएकाे रावलकाे अाराेप छ ।

काठमाडाैंमा अायाेजित एक कार्यक्रममा बाेल्दै रावललेे अाेली प्रधानमन्त्री बनेपछि चीनभन्दा भारतिर लुसुक्क परेकाेमा कडा अाक्राेश पाेखेका छन् ।

भीम रावलले कार्यक्रममा बाेलेकाे भाषणकाे सम्पादित अंश :

बीआरआईका बारेमा चीनसँग सहमति गर्दाखेरि हामीले जेजति कुराहरु गर्‍यौं । यसमा विश्वसनीयता र निर्णय कार्यान्वयनका विषयमा कुरा गर्दा हाम्रो बोआओ फोरममा सहभागिता भएन । मैले पत्रिकामा अस्ति पढेको, शांघाइ को-अपरेशनमा पनि नेपाललाई निम्तो भएन । यो मलाई थाहा छैन, विस्तृत के हो ?

यसमा मैले किन ध्यानाकर्षण गराएको भने हाम्रा सम्माननीय प्रधानमन्त्रीको चीन भ्रमणका सन्दर्भमा नेपाल र चीनका वीचमा मैले अघि पारस्परिक सम्बन्ध र विश्वसनियताको कुरा गरेको थिएँ, यो कुरालाई राम्ररी स्थापित गर्नुपर्छ । तबमात्रै बीआरआई, रेल, सडक, आदि इत्यादि कुराहरु अगाडि बढ्छन् ।

यो भनिरहँदा नेपालमा कतिपय मान्छेहरु मलाई आश्चार्य लाग्छ, नेपालको सुरक्षा र नेपालको हितलाई सर्वोपरि ध्यान दिनुपर्छ भन्दा यो भारत विरोधी हो भन्छन् । मलाई पनि भनेका छन् । आश्चार्य लाग्छ । मैले एउटा लाक्षणिक रुपमा उत्तर दिएको थिएँ, मेरो घरको बारी र आँगनमा राम्ररी फूल रोप्छु र सफा गर्छुभन्दा छिमेकीले मेरो घर फोहोर पार्न आँटिस् भनेर कराउनेजस्तो मूर्खतापूर्ण कुरा यो कूटनीतिक क्षेत्रमा मान्छेले किन गरेका होलान् ?

हाम्रो भारतसँगका सम्बन्धका आफ्नै आयामहरु छन् । चीनका सन्दर्भमा कुरा गर्दा हामीले जुन सहमति गरेका छौं, त्यसलाई हामीले दृढतापूर्वक कार्यान्वयन गर्नुपर्छ ।

जहाँसम्म बूढीगण्डकीको कुरा छ, म माथिल्लो कर्णालीको उदाहरण दिन चाहन्छु- माथिल्लो कर्णाली नेपालले आफैं बनाउनुपर्छ भनेर सुशील कोइराला प्रधानमन्त्री हुँदा भीम रावलले भनेको हो ।

म सत्तापक्षकै सांसद हुँ । भारत भ्रमण गर्ने बेलामा पनि प्रधानमन्त्रीज्यूलाई  मैले भनेको थिएँ, ती सहमति (माथिल्लो कर्णाली ) नेपालको हित विपरीत छन् भनेर हामीले भन्न सकेका छैनौं ।

(नेता रावलले मदन भण्डारी फाउन्डेसनद्वारा अनामनगरमा आयोजित कार्यक्रममा व्यक्त गरेको विचारकाे सानाे अंश )

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार