सुकुक्बासीहरूकाे उठिबास लगाउने झापाकाे दमक नगरपालिकाका मेयर सोमनाथ ओलीको गुडिरहेको गाडीभित्र रिमाेट कन्ट्राेलबाट बम प्रहार भएको छ ।

झापा दमकस्थित मुख्य बजारमा घरको करिब ३ सय मिटरमा पुग्दैगर्दा बम प्रहार भएको बताइएको छ । बा.२ झ ३९४९ नम्बरको स्कर्पियो गाडीलाई रोकेर अज्ञात समूहले गाडीभित्र बम फालेको थियो । तर बम बिस्फोट नभएका कारण ओलीसँगै चालकको पनि ज्यान जोगिएकाे छ ।

रिमोट केन्ट्रोल सिस्टम जडान भएको उक्त बम मेयर ओलीको गाडीमै घरसम्म पुगेको थियो ।

ओलीको घरमा रातभर प्रहरीले सुरक्षा दिएको थियो । स्थानीयका अनुसार रातभर ओलीको घरमा ठूलो हल्लाखल्ला मच्चिएको थियो ।

सुरक्षामा खटिएका एक प्रहरी अधिकृतका अनुसार अहिले बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ । नेपाली सेनाको टोली ओलीको घर पुगेको थियो ।

मेयर ओलीमाथि सुकुम्बासीको उठिबास लगाएको आरोप लाग्दै आएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार