नेत्र विक्रम चन्द विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीका पाेलिटव्युराे सदस्य उमा भुजेलले अरूण तेस्राे जलविद्युत भारतलार्इ अाेली सरकारले सित्तैमा दिएर अहिले सम्मकै ठूलाे राष्ट्रघात गरेकाे अाराेप लगाएकी छिन् ।

नेपाली जनताले अाफ्नै लगानीमा साे अायाेजना सजिलै गर्न सकिने नेपालकाे हिराकाे रूपमा चिनिने अरू तेस्राे जलविद्युत भारतलार्इ दिएर अाेली सरकारले ठूलाे राष्ट्रघात गरेकाे भुजेलकाे अाराेप छ ।

तीन कम्युनिस्ट पार्टीद्धारा अाज राजधानीमा अायाेजित विराेध प्रर्दशनलार्इ संवाेधन गर्दै नेकपा पाेलिटव्युराे सदस्य भुजेलले अाफ्नाे पार्टीलगायत सच्चा कम्युनिस्टहरूले अब अान्दाेलनबाट अाेली सरकारकाे राष्ट्रघातका विरूद्ध कडा अान्दाेलन गर्ने चेतावनी दिइन् ।

समृद्धिकाे नारा दिएर अाेली सरकारले देशमा लगातार पाँचाैपटक सम्म पेट्राेलिय पदार्थमा मूल्यबृद्धि गरेकाे भन्दै अाेली सरकारले जनताकाे बीचमा मुख देखाउने हैसियत गुमाएकाे अाराेप लगाइन् ,

खाद्य वस्तुलगायत सबैतिर चर्काे मूल्यबृद्धि गरेर अाेली सरकार इतिहासकै सबैभन्दा बदनाम सरकारकाे रूपमा गिरेकाे नेतृ भुजेलकाे अाराेप थियाे  ।

अाज २ बजे शुरु भएको विरोध र्याली बागबजार, पुतलीसडक, भृकुटीमण्डप, भद्रकली, शहिदगट, न्यूरोड, भोटाहिटीहुँदै पुनः शान्तिबाटिका पुगेर काेणसभामा परिणत भएकाे थियाे । र्यालीमा हजाराैंको सहभागी भएका थिए ।

विराेध सभालार्इ क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेल र ऋषि कट्टेल नेतृत्व नेकपाका उपाध्यक्ष लाेकनारायण सुवेदीले पनि सम्वाेधन गरेका थिए ।

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार