
नेकपा क्रान्तिकारी माअाेवादीका नेता सीपी गजुरेलले चर्काे मात्रामा बढाएकाे मूल्यबृद्धिलार्इ अाेली सरकारले उही पूरानाे ठाउँमा फिर्ता नगरे केही समयभित्र अाेली सरकारलार्इ सडकबाट फ्याँकिदिने चेतावनी दिएका छन् ।
जनताकाे ढाँड भाँच्नेगरी अाेली सरकारले लगातार मूल्यबृद्धि गरेकाे भन्दै गजुरेलले अबकाे सडक अान्दाेलनले सरकारलार्इ गलहत्याएर छाड्ने दाबी समेत गरे ।
विप्लव नेकपालगायत तीन पार्टीद्धारा अाज राजधानीमा अायाेजित मूल्यबृद्धिका विरूद्धकाे विराेध प्रदर्शनपछिकाे काेणसभालार्इ संवाेधन गर्दै गजुरेलले यस्ताे चेतावनी दिएका हुन् ।
कम्युनिस्ट नामधारी अाेली सरकारले सिंगाे विश्वलार्इ हँसाउनेगरी जनघात र राष्ट्रघात गरेकाे भन्दै यस्ताे सरकार अब जनताले एकछिन पनि हेर्न नचाँहेकाे गजुरेलकाे भनार्इ थियाे ।
अब सच्चा कम्युनिस्टहरूले एक ठाउँमा अाएर नक्कली कम्युनिस्टकाे अाेली सरकारलार्इ सडकबाट बढार्ने गजुरेलले अर्काे चेतावनी समेत दिए । अब अाफुहरूकाे अान्दाेलन सरकार फाल्ने मात्र नभइ व्यवस्था नै फाल्नेगरी अाफुहरूले अान्दाेलन गर्ने गजुरेलले दाबी समेत गरे ।
अाज २ बजे शुरु भएको विरोध र्याली बागबजार, पुतलीसडक, भृकुटीमण्डप, भद्रकली, शहिदगट, न्यूरोड, भोटाहिटीहुँदै पुनः शान्तिबाटिका पुगेर काेणसभामा परिणत भएकाे थियाे । र्यालीमा हजाराैंको सहभागी भएका थिए ।
विराेध सभालार्इ विप्लव नेकपाका पाेलिटव्युराे सदस्य उमा भुजेल र ऋषि कट्टेल नेतृत्व नेकपाका उपाध्यक्ष लाेकनारायण सुवेदीले पनि सम्वाेधन गरेका थिए ।







