नेपाल कम्युनिस्ट पार्टीकाे स्थायी समिति सदस्य धर्मेन्द्र बास्ताेलाले अाफ्नाे नेता  र कार्यकर्तालार्इ सरकारले अनावश्यक धरपकड र गिरफ्तार गरिरहन्छ भने त्यसकाे अाफुहरूले डटेर प्रतिराेध गर्ने चेतावनी दिएका छन् ।

शान्तिपूर्ण कार्यक्रम गरिरहेका अाफ्नाे पार्टीका नेता र कार्यकर्तालार्इ गिरफ्तार गरे महिनाैसम्म हिरासत र जेलमा राखेर अाेली सरकारले देशमा श्वेत अातंक खडा गरेकाे नेता बास्ताेलाकाे भनार्इ छ ।

अनलाइनडबलीसँगकाे कुराकानीमा नेता बास्ताेलाले सरकारले गरेकाे धरपकड र गिरफ्तारीका विरूद्ध ठाउँठाउँमा प्रतिराेध भइरहेकाे र त्याेभन्दा अझै माथिल्लाेस्तरबाट प्रतिराेध गरिने चेतावनी समेत दिएका छन् ।

पूरानाे दलाल सत्ता र सरकार पूरै जनताकाे बीचमा सर्वाङ्ग नांगाे भएकाे भन्दै यस्ताे भ्रष्ट र दलाल सत्तालार्इ क्रान्तिकारीहरूले प्रतिराेधपूर्ण संघर्षबाट बढार्ने नेता बास्ताेलाकाे दाबी छ ।

बास्ताेलासँग गरिएकाे कुराकानीकाे छाेटाे अंश –

दलाल सरकारले यस्तै रवैया जारी राख्छ भने जनताले प्रतिरोध गर्ने कुरा निर्विवाद छ । ठाउँठाउँमा प्रतिरोध पनि भएको छ ।

हामीले के भन्दै आउका छौं भने न्याय र अधिकार कागजमा भएर मात्र हुँदैन । लेखेकै भरमा हुन्छ भन्ने जनताले पनि ठान्न हुँदैन । यो कुरा व्यवहारमा देखिनु पर्छ । कुरा भएर के अर्थ ? शिक्षा, स्वास्थ्य मौलिक अधिकार हो भनेर कागजमा लेखेको भरमा भयो र ? उल्टै सरकारकै मान्छेहरु त्यसैमा चर्को मूल्यमा व्यापार गरिरहेका छन् । लेख्ने बेला मौलिक अधिकार भनेर लेख्ने, दिने बेला पैसा तिरेपछि मात्र पाइने भन्ने कुरा कसरी मिल्छ ? सरकार त जनताले भन्ने मान्ने हुनुपर्छ । माफिया र दलालले भनेको मात्र मान्ने हुनु हुँदैन ।

यतिसम्म कि जनताले चुनावबाट भोट दिएर जिताएका स्थानीय जनप्रतिनिधिहरु जनता काम परेर आउँदा पहिला तिम्रो कुन पार्टी ? भनेर सोध्छन् । आफ्ना पार्टीका भएर काम गरिदिने नत्र कामै नगरिदिने निकृष्ट संस्कारको विकास भइसकेको छ यहाँ । आफ्ना मान्छे भए नहुने काम पनि हुन्छ, नत्र हुने काम पनि मिल्दैन भनेर फर्काइदिन्छन् । निरास भएर लुरुक्क फर्कने गरिएको पनि छ । यस्तो पनि जनताको सरकार हुन्छ ? अँह सहुन सक्दैन । चुनाव नै जनविरोधी थियो । त्यसका गर्भबाट आएको यो सरकार जनविरोध सरकार हो ।

जनतालाई समान व्यवहार गर्ने, अधिकारमा समान, न्यायमा समान, सुविधामा समान गर्ने सरकार मात्र जनताको सरकार हुन्छ । विभेदकारी सरकार जनताले स्वीकार्दैनन् । यो सरकाको रवैयाविरुद्ध हाम्रो पार्टीले जनताको साथ लिएर राज्यसत्ता कब्जा गरेर जनताको सरकार बनाएर चलाउने दिशातर्फ अघि बढिरहेको छ । त्यसमा अवरोध भएको खण्डमा प्रतिरोध संघर्ष अगाडि बढाउँछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार