नेपाल कम्युनिष्ट पार्टी ब्राकेटका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकीकृत पार्टीमा एउटा शक्तिशाली हेडक्वाटरकाे अावश्यक्ता रहेकाे बताएका छन् ।

काठमाडाैंमा अायाेजित अाज एक कार्यक्रममा प्रचण्डले आफूहरु पार्टीमा एउटै शक्तिशाली हेडक्वाटर बनाउने अभियान लागेको भन्दै पार्टीभित्र गुटको अन्त्य गर्नुपर्ने बताए।

९ सदस्यीय हेडक्वाटर बनिसकेकाे अवस्थामा प्रचण्डले नयाँ हेडक्वार्टरको आवश्यकता रहेको बताउनुले उनी कस्ताे हेडक्वाटर बनाउन चाहेका हुन् भन्नेमा धेरैले अनाैठाे मानेका छन्।

‘अहिले एक केन्द्र भन्दा पनि बहु केन्द्र छन्। अहिले बुर्जुवाबादी सोच, आत्मकेन्द्रित सोच बढ्दै गएको छ। यो कम्युनिष्टहरुको सिद्धान्त होइन्,’ उनले भने, ‘लिडरसिप भनेको जनताकोबीचबाट आन्दोलनले सिर्जना गर्ने हो। कम्युनिष्ट पार्टी नेताहरुको पार्टी हो। तिनै नेताहरुकाबीचमा एउटा शक्तिशाली केन्द्र बन्ने हो। कम्युनिष्टहरुको सामुहिकताबाट हामी विचलित भएका छौं। एउटै शक्तिशाली केन्द्रबाट बहुकेन्द्र बनाएर, कम्युनिष्टहरु पनि बुर्जुवा र पेटी बुर्जुवा बन्दै गएका इतिहास छ। हामीले एउटै शक्तिशाली केन्द्र बनाउनुछ।’

उनले शक्तिशाली केन्द्र कसैले बनाइदिने होइन, म बन्छु भनेर नहुने समेत दाबी गरे। इतिहास, योगदान र क्षमताले हेडक्वाटर बन्ने उनको भनाई छ।

दुई ठूला कम्युनष्टि पार्टीको एकतासँगै नेपालको कम्युनिष्ट आन्दोलन अन्तर्राष्ट्रिय रुपमा आयाम थपिएको समेत बताए। उनले देश विदेशमा एकताको चर्चा चलेको समेत बताए।

उनले अलग अलग परिवेश र सिद्धान्तका बीचबाट पार्टी एकता गरिएको भन्दै आलोचना, बहस, संघर्ष, रुपान्तरण, परिवर्तन हुँदै नयाँ परिवेशमा नयाँ एकता हुनुपर्ने बताए।

‘हामीले नयाँ परिवेशमा रुपान्तरण सहितको एकता गर्ने पहल गरेका हौं। हिजो हामी कसैले २१ औँ शताब्दीको जनवाद भन्यौं, कसैले जनताको बहुदलीय जनवाद भन्यौं। आज हामी समाजवादको बाटोमा एक भएका छौं,’ प्रचण्डले अगाडि भने, ‘सिद्धान्त भनेको नयाँ परिस्थिति अनुसार परिवर्तन र परिस्कृत गर्दै अगाडि बढ्ने कुरा हो।’

उनले विगतमा जबज र एक्काइसौं शताब्दीको जनवाद जेजे भने पनि अब समाजवादको आधार तयार पार्दै समाजवादको उद्देश्य प्राप्तिका लागि सबैले नेता कार्यकर्ताले काम गर्नुपर्ने बताए।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार