नयाँ शक्ति पार्टी नेपालका संस्थापक नेता एवं बाबुराम भट्टरार्इका वैचारिक सल्लाहकारका रूपमा चिनिने केशव दाहाल पार्टीबाट अलग भएका छन् ।

दाहालले आफ्नो फेसबुक पेजमार्फत नयाँ शक्ति पार्टीबाट विधिवत रुपमा अलग भएको जानकारी दिएका छन् । उनले पार्टीबाट दिएको राजीनामा केन्द्रीय समितिले स्वीकृत गरेको छ ।
उनले फेसबुकमा लेखेका छन्- नयाँ शक्ति पार्टीको असार १ गते बसेको केन्द्रीय समितिको बैठकले मेरो राजीनामा स्वीकार गरेको छ । पार्टी स्थापनादेखि निरन्तर रुपमा केन्द्रीय सचिवालय रही काम गरियो । यो सहकार्यका लागि पार्टी संयोजक र सम्पूर्ण साथीहरुलाई धन्यवाद दिन चाहन्छु ।’
दाहालले ०६४ सालमा ‘वैकल्पिक विचार मञ्च’ गठन गरेका थिए । बाबुराम भट्टराईले वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने घोषणा गर्दै नयाँ शक्ति पार्टी गठन गरेपछि दाहाल त्यसमै आवद्ध भएका थिए ।
नयाँ शक्ति पार्टीको केन्द्रीय सचिवालय सदस्य रहेका उनी पछिल्लो समय पार्टीको निर्णय र नेतृत्वप्रति असन्तुष्ट थिए । विश्लेषकहरूका अनुसार केशव दाहालले रविन्द्र मिश्रद्धारा नेतृत्व गरिएकाे साझा विवेकशील पार्टी राेज्ने बतार्इएकाे छ ।
त्यही भएर दाहालले अाफ्नाे विज्ञेप्तीद्धारा अागामी दिनमा ‘वैकल्पिक, सफा र अझ सुन्दर राजनीतिको अभियान’ जारी रहने बताएका छन् ।








