जिल्ला जनपरिषद रुपन्देहीले रुद्रपुर सामुदायिक बनको कार्यालयमा तालाबन्दी गरेको छ ।

रुपन्देहीको कञ्चन गाउँपालिका ४ स्थित रुद्रपुर सामुदायिक बनको कार्यालयमा जनपरिषदले तालाबन्दी गरेको हो । सामुदायिक वनले आम उपभोक्ताको हित विपरीत सिमित व्यक्तिले मनोमानी गरेको भन्दै सो कार्यालयमा तालाबन्दी गरिएको जनपरिषदले जनाएको छ ।

सामुदायिक बनका कर्मचारीहरुले झण्डै ४ हजार उपभोक्ताको हित विपरित हुनेगरी विधान बनाएको पनि जनपरिषदले बताएको छ ।

जनपरिषदले एक विज्ञप्ति प्रकाशित गरि आम उपभोक्ताको सहभागिता विनानै बन कार्यालयले आफु खुसि समिति चयन गरे आफुहरुलाई स्विकार्य नहुने समेत बताएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार