विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीले कालिकाेटमा ‘एकीकृत जनजागरण’ अभियान संचालन गरेको छ । जिल्ला पार्टीले संचालन गरेको अभियान गाउँगाउँमा जनतासँग हातेमालो गर्दै अगाडि बढिरहेको छ ।
नेकपाको नेताहरु खेतबारीमै पुगेर जनताको काममा सहभागी भइरहेका छन् । जिल्लाका विभिन्न स्थानहरुमा भएकाे अभियानमा पोलिट्ब्यूरो सदस्य ओमप्रकाश पुन र ब्यूरो इन्चार्ज एटम बिसी, विराट,समर, अडिगलगायतका नेताहरु सहभागी भएका छन् ।
मुम्म्रा, रास्कोटलगायत ठाउँमा भएका वृहत जनसभामा विभिन्न पार्टी परित्याग गरी सयौं नेता–कार्यकर्ताहरु पार्टीमा प्रवेश गरेका छन् ।
किसानका खेतबारीमा पुगेर नेता–कार्यकर्ताहरुले रोपाईसँगै मकैबारी गोड्ने कार्यमा सहभागी भइरहेको जिल्ला सेक्रेटरी समरले बताएका छन् ।
नेकपाले विकास निर्माण र श्रमदान पनि सँगै जारी राखेको छ । नेकपाले खुलालुहुँदै माल्कोटसम्म सडक पनि खनिरहेको छ ।







