पूर्व माअाेवादी केन्द्रलार्इ एमालेमा लगेर विलय गराएकाे अाराेप खेपेका पुष्पकमल दाहाल प्रचण्डलार्इ  यतिबेला एकता ठूलाे अभिशाप भएकाे छ ।

पूर्व माअाेवादी केन्द्रमा रहेका उनका कयाैं किचेन क्याबिनेटका मान्छेहरूले क्याम्प परिवर्तन गरेपछि प्रचण्डलार्इ ठूलाे तनाव उत्पन्न भएकाे छ । उनका नजिकका नेताहरू नारायणकाजी श्रेष्ठ  प्रकाश, जनार्दन शर्मा प्रभाकर र शक्ति बस्नेतले प्रचण्डकाे क्याम्प छाेडेपछि प्रचण्डलार्इ ठूलाे तनाव पैदा भएकाे हाे ।

एमालेसँगकाे एकतापछि प्रचण्डकाे क्याम्पमा रहेका जनार्दन शर्मा प्रभाकर र शक्ति बस्नेतले केपी अाेलीकाे क्याम्पमा बसाइँ सरेपछि प्रचण्ड हिजाेअाज रन्थनिएका छन् ।

उता नारायणकाजी श्रष्ठले पनि प्रचण्डकाे क्याम्प छाेडेर पूर्व एमालेभित्र अर्काे ठूलाे क्याम्प चलाइरहेका माधव कुमार नेपालकाे क्याम्पमा प्रवेश गरेपछि प्रचण्डलार्इ झनै तनाव पैदा गरिदिएकाे छ ।

नारायणकाजी, जनार्दन शर्मा, शक्ति बस्नेतले अाफ्नाे शिविर छाेडेपछि प्रचण्डकाे अब लगभग अाधा जमिन भासिएकाे अांकलन गर्न थालिएकाे छ । जनार्दन शर्मा र शक्ति बस्नेतले पश्चिमतिरकाे ठूलाे क्षेत्र अाेलीकाे क्याम्पमा लगेगपछि प्रचण्डलार्इ यस्ताे अापत अाइलागेकाे हाे ।

नारायणकाजी श्रेष्ठले अाफ्नाे  पूर्व एकताकेन्द्रकाे समुहलार्इ माधव नेपालकाे गुटमा लगेपछि पनि प्रचण्डलार्इ ठूलाे घाटा पर्ने स्वत भइहाल्याे ।

‘खाउँ भने दिनभरिकाे शिकार, नखाउँ भने कान्छाेबाउकाे अनुहार’ भनेजस्तै यतिबेला प्रचण्डलार्इ एकता ठूलाे अभिशाप बन्न पुगेकाे छ । यही भएर प्रचण्डले केहीदिन अघि एक कार्यक्रममा नयाँ बैकल्पिक हेेडक्वाटरकाे अावश्यकताबारे बाेलेका थिए ।

प्रचण्डलार्इ अब पदाधिकारीमा कुनै बलियाे र सुरक्षित स्थान नरहेपछि उनले स्थायी समिति र तल केन्द्रीय समितिबाट नयाँ र वैकल्पिक हेडक्वाटरकाे कुरा गरेकाे हुन सक्ने अड्कल गरिएकाे छ  ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार