मानवअधिकारकर्मी एवं नागरिक समाजका अगुवा सुन्दरमणि दीक्षितले जनयुद्धकाे नेतृत्व गरेकाहरूले जनयुद्धमा बेपत्ता भएका अाफ्ना नेता कार्यकर्ताहरूकाे खाेजबिन गर्न कुनै गंभीर भुमिका नखेलेकाे भन्दै चर्काे अालाेचना गरेका छन् ।

दीक्षितले माअाेवादी जनयुद्धमा जाे हिजाे शत्रु घाेषित पार्टी थियाे, अाज त्यही पार्टीसँग पूर्व माअाेवादी केन्द्रका नेताहरूले घाँटी जाेडेर बेपत्ताहरूमाथि ठूलाे मजाक र खेलवाड गरेकाे गरेकाे अर्काे गंभीर अाराेप लगाएका छन् ।
जनयुद्धमा बेपत्ता पारिएका विद्यार्थी नेता ‘विपीन भण्डारी र दिलबहादुर रार्इकाे स्मरणमा अायाेजित बेपत्ता नागरिककाे सार्वजनिककाे प्रश्न’ विषयक अन्तक्रिया कार्यक्रममा मानवधिकारकर्मी दीक्षितले जनयुद्धमा जनताका लागि लड्ने बेपत्ताहरूकाे टाउकाेमा टेकेर केही नेताहरू सत्तामा गएकाे तर बेपत्ता परिवारले अाफ्नाे सन्तान नपाएकाेमा चिन्ता व्यक्त गरे।
जनयुद्धकाे बलमा, बेपत्ताहरूकाे शीरमा टेकेर उनै जनयुद्धकाे नेतृत्व गर्नेहरूले अाज अाफ्ना श्रीमती, छाेरा छाेरी र बुहारीलार्इ सांसद मन्त्री बनाएकाे तर बेपत्ताहरूकाे स्थिति सार्वजनिक गर्न कुनै काम नगरेकाे भन्दै अाक्राेश पाेखे ।
पूर्व माअाेवादीका नेताहरू धेरैपटक सत्तामा गएकाे तर बेपत्ताहरकाे स्थिति सार्वजनिक गर्न नसकेकाेमा नेताहरूकाे दीक्षितले अालाेचना गरे।
कार्यक्रममा बेपत्ता पारिएका व्यक्तिहरुको छानविन आयोगका अध्यक्ष लोकेन्द्र मल्लिक, राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य मोहना अन्सारी, सत्य निरुपण तथा मेलमिलाप आयोगका सदस्य श्रीकृष्ण सुवेदी, नेकपा (क्रान्तिकारी माओवादी)को पोलिट ब्युरो सदस्य इश्वरचन्द्र ज्ञावली, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य लेखनाथ न्यौपाने, नेपाली कांग्रेसका युवा नेता मनोजमणी आर्यलले बाेलेका थिए ।
त्यसैगरी वरिष्ठ मानव अधिकारकर्मी सुबोध प्याकुरेल, वरिष्ठ मानव अधिकारकर्मी चरण प्रसाईं, वरिष्ठ अधिवक्त विश्वप्रकाश भण्डारी, बेपत्ता योद्धा परिवार, वरिष्ठ पत्रकारलगायतले मन्तव्य राखेका थिए ।







