नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गएराती अचानक थाइल्याण्ड गएका छन् ।

पत्नी सीता दाहालको उपचारका लागि थाइल्याण्ड गएकाे पारिवारिक स्राेतले जनाएकाे छ । । उनी राती १० बजेपछि त्यता प्रस्थान गरेका हुन्। उनका साथमा छोरी गंगा दाहाल र प्रेस सहयोगी मनहरि तिमिल्सिना पनि गएका छन् ।

यसअघि उनी दिल्ली गएका थिए । दाहाल केही समययता सुगर, प्रेसर, थाइराइड लगायतका रोगबाट ग्रसित छिन्।

उपचारसँगै विदेशी शक्ति केन्द्रसँग राजनीतिक भेटघाटका लागि पनि हुन सक्ने विश्लेषकहरूले अाकलन गरेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार