पूर्व माअाेवादी केन्द्रका युवा नेता नेकपा ब्राकेटका केन्द्रीय सदस्य लेखनाथ न्याैपानेले माअाेवादी अान्दाेलनलार्इ संसदमा ल्याउने निर्णय चुनबाङ बैठकले गरेकाे भन्दै त्याे निर्णय गर्ने विप्लवलगायत सबै नेताले जिम्मेबारी लिनुपर्ने बताएका छन् ।

अाज पूर्व माअाेवादी एमालेमा विलय भएर जाने सबै निर्णय पनि चुनबाङ बैठककै कार्ययाेजनाकाे निर्देशनअनुरूप भएकाे न्याैपानेले घुमाएर अभिव्यक्ति दिएका छन् ।
नेत्र विक्रम चन्द विप्लव र माेहन वैद्य किरणकाे नाम नलिइ न्याैपानेले चुनबाङ बैठकमा अहिलेका क्रान्तिकारी नेताहरूले समेत हस्ताक्षर गरेर अाउने र अहिले सारा चिज बिग्रियाे भनेर काेलाहल गर्नुकाे कुनै अर्थ नभएकाे जिकिर गरे ।
‘चुनबाङको निर्णय गर्ने हस्ताक्षरकर्ता विप्लवहरु पनि हुन्, उनीहरुले पनि जिम्मा लिनुपर्छ’ उनले भने ।
काठमाडाैंमा जनयुद्धका बेपत्ता याेद्धाहरूकाे कार्यक्रममा न्याैपानेले माअाेवादी अान्दाेलन विचलनमा गएकाे सही हाे तर त्याे बिग्रिएकाे कहाँदेखि हाे भनेर नखाेजिकन अा अाफ्नै पाराले डम्फु बजाएर नेताहरू हिडेकाे भन्दै उनले अाक्राेश पाेखे ।
संसदमा सहभागी हुनेदेखि अहिले एमालेसँग एकता गर्नु सबै बेठीक हुँदा हुँदा पनि ती सबै चुनबाङ बैठककै निर्णयकाे दिशानिर्देश भएकाे न्याैपानाेकाे दाबी थियाे ।
जनयुद्धमा बेपत्ता पारिएकाहरूकाे अहिलेसम्म खाेजिबिन नहुनु निकै दुखद स्थिति रहेकाे भन्दै न्याैपानेले अाफ्नै नेताहरूकाे अालाेचना समेत गरे ।







