नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै वरिष्ठ न्युरो सर्जन डा. उपेन्द्र देवकोटाको निधनमा श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

डाक्टर देवकाेटा एक जना चिकित्सक मात्र नभर्इ देशभक्त, समाजसेवी र नागरिक अगुवाकाे रूपमा महासचिव विप्लवले लिएका छन्।

विज्ञप्तिमा उनले भनेका छन्  ‘नेपालमा लामो समयदेखि चिकित्सा पेशामा रही नेपाली जनताको सेवा गर्दै आउनु भएका लोकप्रिय एवं स्थापित वरिष्ठ न्युरो सर्जन डाक्टर उपेन्द्र देवकोटाको असमायिक निधनले सिङ्गो राष्ट्र र जनतालाई अपूरणीय क्षति पुगेको छ ।’

यसैगरी महासचिव विप्लवले भनेका छन् ‘डक्टर देवकोटा एक जना चिकित्सक मात्र नभएर देशभक्त, समाजसेवी तथा नागरिक अगुवा पनि हुनुहुन्थ्यो । देवकोटाको निधनमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरिन्छ । साथै, उहाँको शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरिन्छ ।’

विज्ञेप्तीकाे पूरा पाठ –

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार