अाेली प्रचण्डकाे दक्षिणपन्थी संशाेधनवादी धारालार्इ नामेट पार्ने र नेपालमा सच्चा माअाेवादी कम्युनिस्ट धाराहरूबीच एकता र ध्रुवीकरणलार्इ बलियाे बनाउने लक्ष्यसहित तीन कम्युनिस्ट पार्टीबीच छलफल भएकाे छ ।

विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टी, माेहन वैद्यकाे नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र गाेपाल किराती नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र)को उच्चस्तरिय नेताहरुका बीचमा हालै पार्टी ध्रुवीकरण र एकताका विषयलाई लिएर छलफल भएको हाे ।

पूनर्गठित माअाेवादी केन्द्रका अध्यक्ष किराताकाअनुसार पार्टीका मुख्य नेताहरुकै बीचमा भएको छलफल अत्यन्तै सकारात्मक रहेको र अबको वास्तविक कम्युनिस्ट आन्दोलनलार्इ नयाँ शिराबाट अगाडि बढाउने बारेमा व्यापक बहस भएको छ ।

छलफलले विचार र राजनीतिका आधारमा क्रान्तिकारीहरुको ध्र्रुवीकरण र एकता गर्नका लागि आधार तयार भएको बताइएको छ । अहिलेका लागि व्यापक कार्यगत एकता गर्दै जाने र निकट भविष्यमा नै पार्टी एकता गर्ने पनि बताइएको छ ।

‘हामीहरू अाेली प्रचण्डकाे दक्षिपन्थी धारालार्इ नामेट पार्न चाहन्छाै र सच्चा कम्युनिस्ट माअाेवादी धारालार्इ नयाँ शिराबाट पुनर्स्थापित गर्न चाहन्छाैं’, किरातीले भने, ‘हामी अब नेपालमा शक्तिशाली क्रान्तिकारी कम्युनिस्ट धार निर्माण गरेर समाजवादी क्रान्तिलार्इ नयाँ शिराबाट पूरा गर्नेछाैं ।’

विप्लव, वैद्य र किरातीबीचकाे पछिल्लाे भेटघाट र छलफलले सही क्रान्तिकारी धार अगाडि बढ्ने भएपछि क्रान्तिकारीहरूलार्इ अाशाका संचार सिर्जना गरेकाे बताइएकाे छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार