प्रधानमन्त्री ओली नेतृत्वको १ सय १९ जनाकाे जम्बाे टाेली बेइजिङ पुगेकाे छ । तर त्याे टाेलीलार्इ चीनले खासै महत्व दिएकाे छैन ।

चीनको ६ दिने औपचारिक भ्रमणमा रहेको प्रधानमन्त्री नेतृत्वको टोली स्थानीय समयअनुसार मंगलबार अपरान्ह ५ बजेर १५ मिनेटमा राजधानी बेइजिङमा उत्रेपछि उनलार्इ चीनका सबैभन्दा तल्लाे तहका विदेश मन्त्रीले स्वागत गरेका थिए।

चीनियाँ सञ्चार माध्यमका अनुसार प्रधानमन्त्री अाेलीलार्इ चीनमा रहेका १२ विदेश मन्त्री मध्ये सबै भन्दा तल्लाे तहका (जुनियर) विदेश मन्त्रीले स्वागत गरेका हुन्।

तर प्रधानमन्त्री अाेली भारत भ्रमण गएकाे बेला उनलार्इ उच्च समान्नका साथ स्वागत गरिएकाे थियाे। अाेली भारत भ्रमणका बेला उनलार्इ भारतीय गृहमन्त्री राजनाथ सिंह र परराष्ट्रमन्त्री लगायत उच्च दर्जाका मन्त्रीहरुले स्वागत गरेका थिए। तर चीनमा भने प्रम अाेलीले त्यस्ताे स्वागत सत्तकार पाएनन्।

विगतमा नेपालका जुनसुकै प्रधानमन्त्री भारत भ्रमणमा गएका छन् भने उनीहरुलार्इ भारत उच्च सम्मानकाे साथ स्वागत गरेकाे छ।

तर चीनले जुनियर विशेदमन्त्री पठाएर प्रम अाेलीकाे स्वागत गरेकाे गर्नाले अपमान महशुस भएकाे भ्रमण टाेलीमा रहेका एक प्रतिनिधिले बताए।

चीनीयाँ सञ्चार माध्यमका अनुसार उत्तर काेरियाका राष्ट्रपति किम जाेन उन पनि चीनमाा अाएका छन्।

स्राेतका अनुसार राष्ट्रपति किम पनि चीन अाएकाेले उनकाे स्वागतमा चीनका राष्ट्रपति सि जिनपिङ लगायत का मन्त्रीहरु ब्यस्त रहेका थिए।

चीन उत्तर कोरियाको सहयोगी राष्ट्र हो । चीन उत्तर कोरियाको एकमात्र आर्थिक साझेदार राष्ट्र पनि हो ।त्यसैले उत्तर कोरियाका राष्ट्रपति किमलार्इ प्रधानमन्त्री अाेली भन्दा बढी सम्मान दिएकाे स्राेतकाे भनार्इ छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार