भारतले नाकाबन्दी लगाउनको चीनको विश्वास जितेका केपी ओलीले पछिल्लो समयमा पुनः भारतसँग घनिष्ठ सम्बन्ध राखेपछि चीन ओलीसँग संशकित बनेको छ।

यसैकारण चीनले ओलीलाई महत्व दिन छाडेको छ। प्रधानमन्त्री भएलगत्तै चीन जान खोजेका ओलीलाई बेइजिङले खासै महत्व नदिएपछि भ्रमण अहिलेसम्म लम्बियो। ओलीले काठमाडौंबाट निकै जोडबल गरेपछि बल्ल भ्रमणको साइत जुर्यो।

त्यस्तै, युरोपियन युनियनसँग तत्कालिन एमाले र अहिलेको नेकपाको साँठगाँठ, फ्रि तिब्बत मुभमेन्टमा पनि संलग्नता तथा एक चीन नीतिप्रति व्यवहारिक रुपमा प्रतिबद्ध नहुँदा चीन चिढिएको नेपाली कांग्रेसका नेता डा नारायण खड्काले बताए।

विपी कोइरालाले चीनसँग मैत्रीपूर्ण सन्धि गरेको स्मरण गर्दै नेता खड्काले नेकपा कम्युस्टि नाम मात्र भएकाेले चीनले भावनात्मक सम्वन्ध मात्र कायम राखेकाे बताए ।

‘नेपाल कम्युनिष्ट पार्टी चीनसँग नजिक भएजस्तो नाटक गरिरहेको छ, उ फ्रि तिब्बत गतिविधीसँग पनि सम्पर्क छ। केपी शर्मा ओली नेतृत्वको कम्युनिस्ट सरकार एक चीन नीतिप्रति पूर्ण रुपमा प्रतिबद्ध छैन, नेकपा इयुसँग नजिक छ, देखावटी मात्रै चीनसँग नजिक भएजस्तो’,नेता खड्काले भने।

उनका अनुसार यो कुरा बाहिर आएपछि चीनले ओलीमाथि विश्वास होइन शंका गर्न थालेको हो ।

जसको उदाहरणको रुपमा मंगलबार बेइजिङ पुगेका ओलीलाई सबैभन्दा जुनियर सहायक विदेशमन्त्री स्वागतका लागि विमानस्थलमा पठाउनुलाई लिन सकिन्छ।

परराष्ट्र मामिलाका जानकारका अनुसार जुनियर मन्त्री स्वागतमा पठाउनुलाई कम आक्न नहुने बताउँछन्। यो गम्भीर विषय भएको उनीहरुको तर्क छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार