कम्युनिस्ट देशका रूपमा चिनिने उत्तरी छिमेकी देश चीनमा एकै पटक तीन मुलुकका कम्युनिष्ट शासकहरु पुगेका छन्।

जनवादी जनगणतन्त्र कोरिया (डीपीआरके) का नेता किम जोङ उन, वोलिभियाका राष्ट्रपति इभो मार्लोस र नेपालका प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्ष केपी शर्मा ओली बेइजिङमा छन्।

उत्तर कोरियाको वर्कस पार्टीका अध्यक्ष तथा राज्य परिषदका अध्यक्ष किम जोङ उन मंगलबार चीन पुगेका थिए। त्यही दिन नै नेपालका प्रधानमन्त्री केपी शर्मा ओली समेत बेइजिङ पुगेका हुन्।

त्यसको अघिल्लो दिन सोमबार बोलिभियाका राष्ट्रपति तथा वामपन्थी समाजवादी पार्टी ‘मुभमेन्ट फर सोसलिज्म (समाजवादी अभियान)’का अध्यक्ष इभो चीनको राजधानी बेइजिङबाट १४० किलोमिटर पूर्व सामुन्द्री किनारको शहर तान्जिन पुगेका थिए। त्यहाँ उनले स्थानीय अधिकारीहरुसँगै व्यवसायी प्रतिनिधिसँग भेट गरेकोप्रेसना ल्याटिनाले जनाएको छ।

मंगलबार बेइजिङ पुगेर चिनियाँ राष्ट्रपति सी जिङ पिङसँग भेटवार्ता गरेका थिए। उनको सम्मानमा ग्रेट हल अफ पिपलमा कार्यक्रम आयोजना गरिएको थियो। उनको यो चौथो चीन भ्रमण हो।

त्यस्तै तेस्रो चीन भ्रमणका क्रममा बेइजिङ पुगेका उत्तर कोरियाली नेता किमले बुधबार चिनियाँ राष्ट्रपति सीसँग भेटवार्ता गरेका छन्। दुई नेताबीच भएको भेटवार्तामा दुई देश तथा चिनियाँ कम्युनिस्ट पार्टी र उत्तर कोरियाको वर्कस पार्टीबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्यामउने सहमति भएको छ।

सिंगापुरमा सम्पन्न ट्रम्प–किम शिखर सम्मेलनको एक सातापछि उनी बेइजिङ पुगेका हुन्। सन् २०११ मा उत्तर कोरियाको सत्तामा पुगेपछि किम पहिलो पटक विदेश भ्रमणका क्रममा मार्चमा बेइजिङ पुगेका थिए। त्यस यता उनी मे महिनामा पनि चीन अाइपुगेका थिए।

यसैबीच चौथो पटक बेइजिङ पुगेका बोलिभियाली राष्ट्रपति इभो र चिनियाँ राष्ट्रपतिबीचको भेटवार्ताका क्रममा दुई देशबीच आपसी राजनीतिक विश्वासका आधारमा चीन र बोलिभियाबीचको असल साझेदारी हुनुपर्ने चिनियाँ राष्ट्रपतिले बताएको चाइना डेलीले जनाएको छ। 

चीनले बोलिभियासँग रणनीतिक साझेदारीलाई स्थापना गर्दै द्वीपक्षीय सम्बन्धलाई नयाँ उचाईमा पुर्‍याउनका लागि काम गर्न चाहेको सीले बताएका छन्।

राष्ट्रपति सीले चीन र बोलिभिया बहुपक्षीय साझेदारीको लागि रणनीतिक साझेदारी बन्नुपर्ने बताउँदै प्रमुख अन्तर्राष्ट्रिय मुद्दामा एक ठाँउमा उभिनुपर्ने बताएको समाचारमा उल्लेख छ।

उनले दुवै देशले विकासउन्मुख राष्ट्रहरुको स्वार्थको रक्षा तथा अन्तर्राष्ट्रिय सम्बन्धलाई नयाँ विशेषतासहित उचाइमा पुराउँदै आपसी सम्मान समानता, ‘विन–विन कोओपरेशन’ मानवताका लागि साझेदारीको सहितको समाज निर्माका लागि एक भएर काम गर्नुपर्ने बताएका थिए।

चीनले उत्तर अमेरिकी  राष्ट्रमा साझेदारीको हात बढाइरहेको छ। साथै बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) मार्फत दक्षिण अमेरिका र चीनबीचको साझेदारीलाई नयाँ आयाम थपेको छ।

भेटवार्ताका क्रममा दुबै देशका राष्ट्रपतिबीच चीन–बोलिभिया रणनीतिक साझेदारी सम्बन्धी संयुक्त घोषणापत्रमा समेत हस्ताक्षर गरेका छन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार