प्रधानमन्त्री केपी शर्मा ओलीले फ्रि तिब्बत अभियन्ता धर्म गुरु दलाई लामालाई नेपालमा स्वागतको तयारी गरेका छन्। यद्यपी लामा कहिले आउने भन्ने खुलेको छैन्।

लामा गौतम बुद्धको जन्मस्थल लुम्बिनीको दर्शन गर्न आउने निहुँ बनाएर अाउने बुझिएको छ।लामाको भ्रमणको तयारी दुबै पक्षका तर्फबाट भइरहेको पाइएको छ। लामाको भ्रमणको लागि भारतले पनि विशेष चासो देखाएको छ।

भारतकै दबाबमा ओली लामालाई नेपालमा आउन दिन लागेको स्रोतको दाबी छ।ओलीले भर्खरै संसदमा उभिएर नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताएका थिए। तर दलाई लामा बोलाउनु यसको विपरित हुन्छ।

चीनले यसलाई आफूविरुद्धको कदम मान्नेछन्। दलाई लामाले अमेरिकी राष्टपति भेट्दा समेत चीनले कडा आपत्ति जनाएको थियो। लामा हाल भारतमा निर्वासनमा बसिरहेका छन्।

दलाई लामाको भ्रमणका लागि उनीनिकट तनपाइ तनपाई ग्यानसियलले लामो समयदेखि पहल गर्दै आएका छन्।

उनले काठमाडौंमै आएर राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका थिए। त्यस्तै दिल्लीमा प्रधानमन्त्री ओलीसँग भेट गरेका थिए। उक्त भेटमा भारतीय सरकारका उच्च अधिकारी पनि सम्मिलित थिएँ। उनीहरुले लामाको भ्रमण गराउन ओलीलाई दबाब दिएका थिएँ।

भारतीय दबाबमा ओली चिनियाँ विखण्डकारी दलाई लामालाई नेपाल आउने अनुमति दिएका हुन्। लामाका प्रतिनिधि ग्यानसियलले ओली प्रधानमन्त्री नहुँदा पटक पटक बालकोटमा भेट्ने गरेका थिए। लामा भ्रमणको सम्पूर्ण प्रबन्ध उनले मिलाइरहेको स्रोतको दाबी छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार