नेपाल कम्यनिस्ट पार्टीका दोस्रो अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लार्इ साेही पार्टीभित्रका पूर्व एमालेका नेताहरूले रअका प्रमुखसँग भेट्न गएकाे गंभीर अाराेप लगाएका छन् ।

बेलाबेला उपचारको बहाना बनाएर सिंगापुर, बैंकक जाने गरेका प्रचण्डको यस पटकको भ्रमणलाई पनि शंकाको दृष्टिले हेरिएको हाे ।
तत्कालीन नेकपा एमालेको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सांसदहरूले प्रचण्ड ‘रअ’का उच्च अधिकारीलाई भेट्न सिंगापुर गएको आरोप लगाएका छन् । साथै चिन्तित पनि देखिएका छन्। जुनसुकै बेला जे निर्णय पनि लिनसक्ने बानीका उनीहरू प्रचण्डसँग त्रसित बनेका हुन्।
प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी ओली चीन भ्रमणमा प्रस्थान गर्नु दुई दिन अगाडि अचानक प्रचण्डले सिंगापुर जाने योजना किन बनाएर भनेर बालुवाटारमा चर्चा समेत भएको थियो ।
पार्टी एकीकरण भएपछि पनि एमाले र माओवादीका नेता, कार्यकर्ताहरू एक हुन सकेका छैनन् । एमाले र माओवादी केन्द्रका सांसदहरू सिंहदरबारमा नजिकै रहेका एकआपसका संसदीय दलको कार्यालयमा जाँदैनन् । उनीहरू आ–आफ्ना दलको कार्यालयमा बसेर विभिन्न थरी कुरा गर्ने गर्छन् ।
प्रधानमन्त्री ओलीले आफ्नो ‘किचन क्याबिनेट’ नेताहरूसँग प्रचण्डको सिंगापुर भ्रमणलाई शंकाको घेरामा राखेका छन् । बालुवाटार स्रोतले भन्यो,‘प्रचण्डजी पत्नीको उपचारका गर्न भनेर सिंगापुर जानु भएको छ । पहिला–पहिला पत्नीको तस्बिर सार्वजनिक गरिदैन थियो । यस पटक सीता दाहाल एयरपोर्टको सोफामा सुतेर सल ओढेको तस्बिर सार्वजनिक गरिएको छ ।’
यसरी तस्बिर सार्वजनिक भएको विषयलाई नेकपाका नेताहरूले पनि अचम्मका साथ लिएका छन् । नेपालमै उपचार हुन सक्छ । तर, आफूलाई भिभिआइपी र भिआइपी भन्न रुचाउने नेताहरू सरकारी खर्चमा विदेशमा उपचार गराउने जाने गरेका छन् ।







