६ दिने राजकीय भ्रमणका लागि चीन पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले चीनबाट नेपालमा तेल ल्याउनेबारे सहमति गर्न सकेनन् ।

त्यसको लागि यसअघि नै चीनसँग भएको पारवहन तथा यातायात सम्झौता कार्यान्वयन गर्न प्रोटोकलमा हस्ताक्षर हुनुपर्ने थियो । याे भ्रमणले मुख्य कुरामा ध्यान निदिएपछि भ्रमण असफल बन्न पुगेकाे भ्रमण टाेलीहरूकाे भनार्इ रहेकाे छ ।

अाेलीले अर्थहिन र अाैचित्यहिन भेटघाटमा समय खर्चिदा चीनसँग गरिने सम्झाैताका मुख्य कुरा छुट्न पुगे ।

नेपाल सरकारले तयारीमा ध्यान नदिँदा ओलीले महत्वपूर्ण अवसर खेर फाले । रेल सम्झौता चर्चामा रहेपनि तेल सम्बन्धी सम्झौता भने अहिले गायब भएको छ ।

नाकाबन्दी ताका भारतीय एकाधिकार तोड्न भन्दै चीनबाट तेल ल्याउने उद्धघोष गरेका थिए ।

यसपटकको चीन भ्रमणमा ओलीले तेल ल्याउनेबारेपनि महत्व्पूर्ण सम्झौता गर्न सक्ने अनुमान गरिएको थियो । तर, ओलीले नेपाली जनतालाई निराश तुल्याए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार