नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले अाेलीकाे पार्टीमा ठग, गुण्डा, कालाबजारी र तस्करहरूकाे अखडाकाे भएकाे संगीन अाराेप लगाएका छन् ।

विजुक्छेले ओली सरकारले दिएको आश्वासन कागजको फुल जस्तै भएकाे र जाे हेर्दा राम्रो तर सुगन्ध नदिने बताए । नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले माउण्टेन टेलिभिजनको कार्यक्रम खरो प्रश्नमा कुराकानी गर्दै उक्त कुरा बताएका हुन्।

‘नेपालीहरु यतिबेला सुखी र खुशी छैनन्।अधिकाँश जनताहरु बेरोजगार रहेकाले जहिलेसम्म उत्पादनका साधनलाई सामाजिकरण गरिदैन,रोजगारीको सुनिश्चितता हुँदैन तबसम्म नेपालीहरु सुखी र खुशी हुँदैनन्’,विजुक्छेले बताए।

विजुक्छेले अगाडि भने-‘प्रधानमन्त्री ओलीकै पार्टीमा ठग,गुण्डा,कालाबजारी र तस्करहरु छन्।अनि कसरी समृद्धि आउँछ।हाम्रो पार्टीमा खराब ब्यक्तिहरु छैनन्,यदि त्यस्तो खराब कोहि पाईएमा निकालिहाल्छौं।’

मन्त्रीहरुले आफ्नो गाउँ र क्षेत्र हेर्ने होइन,उनीहरुले देशको निती तयार पार्ने हो।मन्त्री-सांसदहरुले चुनावमा मतदाता समक्ष धेरै आश्वासन देखाएर भोट मागे त्यसैले उनीहरुले आफ्नो क्षेत्रलाई बजेट नछुट्याइएकोमा असन्तुष्टि पोखेका विजुक्छेको भनाई छ।

विजुक्छेले प्रश्न गर्दै भन्छन्-‘संसद सदस्यहरुलाई विकासको कार्यकर्ता बनाउन हुँदैन,उनीहरुको काम भनेको राष्ट्रिय र अन्तराष्ट्रिय निती-निर्माण बनाउँने काम हो।सांसदहरुलाई विकासको काममा लगाउने हो भने स्थानिय निकाय र प्रदेश सरकारको के काम ? मैले अहिलेसम्म चुनाव जित्नको लागी जनतासामु अनावश्यक आश्वासन बाँढेको छैन।’

भिडियाे अन्तर्वार्ता ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार