कम्युनिस्ट नामकाे अाेली सरकारले चितवनमा विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्तामाथि व्यापक दमन र धरपकड गरेकाे छ ।

चितवनमा जनयुद्धकालकाे संकटकालमा जस्तै अाेली सरकारले नेकपा चितवनका आफ्ना नेता कार्यकर्ता गिरफ्तार र धरपकड गरेको भन्दै तत्काल रिहाइको माग समेत गरेको छ ।

आइतबार नेकपा चितवनका इन्चार्ज लालबहादुर बिसी र सेक्रेटरी धुर्बले संयुक्त रुपमा प्रेस वक्तव्य जारी गर्दै यस्तो माग गरेका हुन । अाफ्ना नेता कार्यकर्तामाथि भइरहेकाे बर्बर दमनकाे अाफ्नाे पार्टीले प्रतिराेध समेत गर्ने नेकपा चितवनले चेतावनी दिएकाे छ ।

वक्तव्यमा भनिएको छ –

“हाम्रो देशमा अहिले संसदीय समाजिक दलाल र जनताको बीच आन्दोलन भइरहेको छ । कथित लोकतान्त्रिक गणतन्त्रको नाममा राज्य र संसदवादी दलहरुले लुटतन्त्र,कमिशनखोर भ्रष्टाचारको पक्षपोषण गरिहेका छन् । दैनिक उपभोग्य बस्तुमा भएको आकाशिदो महंगी र, कालाबजारिया, स्थानिय निकायले गरेको कर वृद्धि, र आश्थाका आधारमा सरकार र दलहरुले गर्ने भेदभावको कारण जनताको जीवन कष्टकर बन्दै गएको छ । कालाबजारी,भ्रष्टाचार कमिशन र घुसखोरीको पक्षमा रहेको सामाजिक दलाल संसदीय व्यवस्थाको विरुद्ध हाम्रो पार्टी आन्दोलन गरिहेको कुरा सबैलाई थाह नै छ”

अाफ्ना नेता कार्यकर्तामाथि कतिसम्म दमन गरिएकाे छ भन्नेबारे वतव्यमा भनिएकाे छ –

”चितवन जिल्लामा केहीदिन देखि राज्यको तर्फबाट विगत संकटकाल भन्दा पनि बढता ढंगले दमन धरपकड र आस्थाका आधारले गिरफ्तारी गर्ने काम गरिएको छ । मान्छेको हिडडुल गर्न पाउने स्वतन्त्रताको हनन गरिएको छ । २०७५ जेठ २५ गते छोरीको फि बुझाउन हिडेका रत्ननगर नगर कमिटी इन्चार्ज रणदिप गौतमलाई सिभील ड्रेसमा रहेका प्रहरीले करिव ६ किलोमिटर मोटरसाइकलमा लखेटेर घाइते बनाएर गिरफ्तार गरियो । उहाँको टाउको र खुट्टामा गम्भीर चोट लागेको छ । उहाँ जनयुद्धको बेला एक हात गुमाएको अपाङ्ग पनि हुनुहुन्छ । यसैगरि २६ गते बेलुका भोजाडबाट बाइकमा लखेटेर सिर्जनाचोकमा मोटरसाइकल एक्सीडेन्ड गराएर घाइते बनाइ बिरु तामाङलाई गिरफ्तार गरियो । यस्तै २७ गते घरबाट रत्ननगर सेक्रेटरी गन्जुसिंह गुरुङलाई, असार ४ गते लौरीघोल चोकबाट साइकल मरमत गर्न लागेका कालिका नगरकमिटी इन्चार्ज रुद्र गुरुङ र असार ५ गते सहिद स्मृति कलेजबाट विद्यार्थी जिल्ला अध्यक्ष रमेश लामीछानेलाई गिरफ्तार गरियो । अहिले सबैलाई झुठ्ठा मुद्धा लगाएर प्रहरी हिरासतमा राखिएको छ ।”

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार