विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी)लगायत ८ विद्यार्थी संगठनले दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् ।

आइतबार आठ विद्यार्थी संगठनले रिपोर्टस क्लवमाा पत्रकार सम्मेलन गरी यस्तो घोषणा गरेका हुन् ।

संघर्षको कार्यक्रमहरु असार ११ देखि असार १६ सम्म प्रचारप्रसार अपील वितरण प्रधानमन्त्री लगायत मन्त्री र पार्टी नेताहरु छलफल, भेटघाट र ज्ञापणपत्र बुझाउने, असार १७ गते प्रदर्शनी मार्गमा सडक कक्षा सञ्चालन गर्ने कार्यक्रम रहेका छन् ।

त्यसैगरी असार १८ गते माइतीघर मण्डला र देशको सम्पूर्ण जिल्लाकोे सदरमुकाममा आँखको पट्टी बाँधी सिट्टी जुलुस गर्ने, असार १९ गते मशाल जुलुस गर्ने र असार २०,२१ र २२ गते शैक्षिक आमहड्ताल सम्मको आंदोलन रहेको छ ।

पत्रकार सम्मेलनमा अखिल (क्रान्तिकारी), समाजवादी विद्यार्थी फोरम नेपाल, अनेरास्ववियू (पाँचौं), राजपा विद्यार्थी संगठन, नयाँ शक्ति विद्यार्थी युनियन, अनेरास्ववियू (क्रान्तिकारी), अनेरास्ववियू (क्रान्तिकारी) र अखिल (क्रान्तिकारी) शिर्षस्त नेतृत्व सहभागी थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार