तत्कालिन माअाेवादी केन्द्र र एमालेकाे गठबन्धनबाट प्रतिनिधिसभा सदस्य भएका कृष्ण बहादुर महरा पछि प्रतिनिधिसभाका सभामुख भए ।

महराले अहिले केपीलार्इ लक्षित गरेर कतिपयलाई अहिले संघीयता मनै नपरेको भन्दै संघीयता पक्षधरहरू सफल कार्यान्वनका लागि एकजुट भइरहनु पर्ने बताएका छन् ।
सभामुख महराले संविधान अनुसार कानुन, नियमावली र निर्देशिका तयार नहुँदा केन्द्र, प्रदेश र स्थानीय तहको सरकारले पूर्ण अधिकारका साथ काम गर्न नसकेको पनि स्पष्ट पारे।
दुर्इ तिहार्इ बढी बहुमतकाे कम्युनिष्ट सरकारले संघीयताकाे मर्म अनुसार यदि कार्यान्वय गर्न सकेनन् भने कार्यक्षमतामाथि नै प्रश्न उठ्ने निश्चित छ।
केही दिन अघि भरतपुर महानगरपालिकाको दोस्रो नगरसभालाई आइतबार चितवनको भरतपुरमा उद्घाटन गर्दै महराले प्रतिनिधिसभा अहिले कानुन निर्माणको चापमा रहेको भन्दै अबको २ महिना त्यसैमा केन्द्रित हुने समेत जानकारी दिए।
सभामुख महराले आगामी असोज २ गतेभित्र संघीयता कार्यान्वयनका लागि आवश्यक कानुन निर्माण गरिसक्ने बताए। महराले कानुन निर्माणको काम सम्पन्न गरेर मात्रै स्थानीय र प्रदेश सरकारको कार्यक्षमता निक्र्योल गर्न सकिने पनि बताए।







