हाम्रो देशका थुप्रै जल्दाबल्दा विषयमा ध्यान केन्द्रित गर्नुपर्ने हुँदो हो तर अहिले सामाजिक संजालमा रवि लामिछानेमा ध्यान केन्द्रित गरिएको छ ।
यो विषय सही कि गलत ? रवि सही कि गलत ? यसकाे एकै शब्दमा उत्तर खोज्नु र दिनु भन्दा विवेचनात्मक चर्चा र उत्तर आवश्य छ ।

१) रवि लामिछानेको विषयसग दुइटा मुद्दा जोडिएको छन्- १) जनाधिकार र २) राष्ट्रियता ।
२) जनाधिकारको कोणबाट हेर्दा वर्तमान राज्यको ( यो नेपाल र विश्वप्यापी पनि ) जनविरोधी सिमा र चरित्र स्पष्ट भएको छ । किनकि एकछिनका लागि रवि को हो ? उसकाे उदेश्य के हो भन्ने कुरालाई छाडेर उसले उठाएका समस्या, जनताका समस्या हुन् कि होइनन् भनेर विचार गर्नुपर्छ । यदि ती जनताका समस्या हुन् र राज्य जनराज्य हो भने समाधान गर्नुपर्छ । तर विद्यमान राज्यले त्यो गर्न सक्दैन । किनभने आजको नेपाल र विश्व ब्यवस्था जनताको विरोधी पुँजीवादी ब्यवस्था हो उसले दिने नाराहरु जनता झुक्याउने नारा मात्रै हुन् ।
३) रविको उदेश्य राज्य विस्थापित गर्नु वा विकल्प दिनु पक्कै होइन त्यो सम्भव पनि हुँदैन । मात्रै यो राज्यमा न्युनतम सुधार गर्नु अथवा समस्याहरुको उजागर गर्नु र राज्यको ध्यानाकर्षण गर्नु हो अझ राज्यलाई नै सहयोग गर्नु हो ।
तर, त्यही पनि गर्न असमर्थ हुने राज्य अनपेक्षित सकारात्मक परिवर्तनको आश गर्नु बेकार र झन् ठुलो निराशाको कारण हुन्छ बरु सबैभन्दा उत्तम कुरा जनराज्यको माग गर्नु हो ।
४)) राष्ट्रियताको कोणबाट हेर्दा रवि लामिछाने कतै चुकेकै छन् । नागरिकताको विषयलाई छोडेर पनि उनी आजको साम्राज्यवादी भूमन्डलीकरणबाट अलग हुन सक्दैनन् । किनकि आज सिङ्गापुर, मलेशिया र दक्षिण कोरिया देखाएर विश्वको शोषण गर्नु अनि रवि लामिछाने, केजरिवाल, बादल वा त्यस्तै अमूक ब्यक्तिहरुलाई नमुनाकृत गरेर जनराज्य प्राप्तिको दायित्वबाट जनतालाई विचलित गर्नु साम्राज्यवादको विशेषता रहि आएको छ । साम्राज्यवाद भनेको राष्ट्रियता र अन्तर्राष्ट्रियतावादको विरोधी हुन्छ ।
५) अन्तिम कुरा के हो भने समाजवादउन्मुख राज्यमा महङ्गी किन बढ्यो ? शिक्षा र स्वास्थ्य निशुल्क किन भएन ? युवा पलायनता किन रोकिएन ? बेरोजगारी र भ्रस्टाचारको समस्या किन हल भएन ?आदि विषयमा बहस गरौ ।
नकि विश्वकपमा हानिने गोल र रविको विषय अनि केपीको रेल र पानी जहाजको विषयमा धेरै समय र उर्जा खर्च नगरौ कि ?







