माअाेवादी केन्द्र एमालेमा विलय भएपछि शक्तिशाली स्थायी समितिमा नपरेका पूर्व माअाेवादी केन्द्रका नेता हितमान शाक्यले नेकपा परित्याग गरेका छन् ।

शाक्य निकट नेताहरुका अनुसार अाफुलार्इ स्थायी समितिमा नपार्नु, त्याेसँगै प्रचण्डले भेट नदिएपछि त्यसैकाे झाेकमा शाक्यले पार्टी छोडेका हुन् । नेता शाक्य माकेको विद्यार्थी संगठन अखिल क्रान्तिकारी र एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको समायोजन छलफलमा समेत अनुपस्थित हुन थालेका छन् ।
सोमबार बसेको अनेरास्ववियु र अखिल क्रान्तिकारीको एकता कार्यदलको पहिलो बैठकमै शाक्य अनुपस्थित भए ।
तत्कालिन नेकपा (माओवादी) निकट अखिल क्रान्तिकारीको पूर्वअध्यक्ष समेत रहेका नेता शाक्यले एकता पहिले माकेको तीन नम्बरको जिम्मेवारी पाएका थिए । उनलाई तीन नम्बर प्रदेशको पार्टी एकता कार्यदलमा पनि राखिएको थियो ।
तर, उनले बस्न अस्वीकार गरेपछि अर्का नेता अग्नि सापकोटालाई राखिएको छ । क्रान्तिकारी माओवादीबाट रामबहादुर थापासँगै माकेमा फर्केका नेता शाक्य एकीकृत पार्टीको स्थायी समितिमा नपरेपछि असन्तुष्ट बनेका थिए ।
शाक्यकाे याे कदमले प्रचण्डलार्इ ठूलाे झट्का लाग्ने अांकलन गरिएकाे छ । किनकि शाक्यसँग उपत्यकामा ठूलाे पंक्ति रहेकाे बताइन्छ ।
शाक्यले वैद्य माओवादीका केही नेताहरुसँग छलफल गरेको बताइएको छ । उक्त छलफललाई क्रान्तिकारी माओवादीमै फर्कने तयारीको रुपमा पनि हेरिएको छ ।
शान्ति प्रक्रियापछि लगातार काठमाडौँ उपत्यकाको इन्चार्जकाे जिम्मेवारी पूरा गर्दै अाएका थिए ।







