नेत्र विक्रम चन्द विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीले बझाङमा एक सरकारि अधिकृतलाई कालोमोसो दलेको छ ।

बझाङको साइपाल गाउँपालिकाका कार्यकारी अधिकृत राधाकृष्ण जोशीले भ्रष्टाचार गरेको र सहुलियतमा आएको चामल यार्सा गुम्बा टिप्नेलाई बेचेकोले नेकपाले कालोमोसो दलेको हो ।

जोशीले सोही गाउँपालिकाको लागि आएको २ हजार कुइन्ट चामलमध्ये १५ सय  कुइन्टल चामल लेकमा यार्सागुम्बा टिप्न गएकाहरुलाई राईढुङगी वनमा लगेर बेचेको र उक्त चामलबाट अाएको रुपैयाँ हिसाब नदेखाएको छ ।

त्यसैगरी कार्यालय व्यवस्थापनको नाममा जोशीले बिल मिलाएर लाखौं भ्रष्टाचार गरेको नेकपाले दाबी गरेको छ ।

नेकपाले गठन गरेको जनपरिषद् बझाङका प्रमुख संग्राम सिंहले जोशीलाई पटकपटक सुझाव दिँदापनि नसुर्धेकोले चेतावनी स्वरुप कालोमोसो दलेको बताए ।

भ्रष्टचारीहरूलार्इ विप्लव नेकपाले देशव्यापी कार्वाहीकाे निशाना बनाएपछि भ्रष्टहरू अातंकित बन्न पुगेकाे बताइएकाे छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार