पुष्पकमल दाहाल प्रचण्ड नेपाल नभएको मौका पारी उनका भूतपूर्व मजदुर नेताहरुले पेरिसडाँडा बिक्रि गर्न चलखेल गरिरहेका छन् ।

तात्कालीन माओवादी केन्द्र एमालेलाई विलय गरेपछि उत्पन्न तनाव र पत्नी सीता दाहालको उपचारको चिन्तासँगै यतिबेला प्रचण्ड सिंगापुरमा छन् ।

पूर्व माअाेवादी केन्द्रका मजदुर नेताहरुले प्रचण्ड सिंगापुर भएको मौका पारी आफूले हिनामिना गरेको युवा स्वरोजगार कोषको करोडौं रकम तिर्न भन्दै पेरिसडाँडाको जग्गा बेचबिखन गर्न तीव्र चलखेल सुरु गरेका छन् ।

समाचार स्रोतका अनुसार तात्कालीन एमाओवादी नेतृत्वको अखिल नेपाल ट्रेड यूनियन महासंघका अध्यक्ष शालिकराम जमरकट्टेलसहितका नेताहरुले बैशाख ८ गते २०६८ मा युवा स्वरोजगार कोषबाट मजदुर सहिद स्मृति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नाममा लिएको पाँच करोड रुपैयाँ तिर्न भनी उक्त जग्गा बिक्री गर्न थालेका हुन् ।

युवा स्वरोजगार कोषबाट लिएको पाँच करोड रुपैया मजदुर नेताहरुले आपसी मिलेमतोमा व्यापक हिनामिना गरेका छन् । कोषले पटक पटक ताकेता गर्दा पनि रकम नतिरेपछि मजदुर नेताहरुको नाममा भएको जग्गा रोक्का गर्ने र कालोसूचिमा नाम सार्वजनिक गर्ने तयारी गरेपछि उनीहरुले स्वरोजगार कोषलाई जग्गा बेचेर ऋण तिर्ने बताउँदै आएका छन् ।

तर जग्गा बेच्ने पक्षमा दाहाल, वर्षमान लगायतका नेताहरुको सहमति नरहेको बुझिएको छ । त्यसैले दाहाल नभएको मौका पारी मजदुर नेता शालिकराम जमरकट्टेलको दबाबमा पेरिसडाँडामा रहेको २१ आना जग्गा बेचविखन गर्ने चलखेल बढेर गएको छ ।

यसरी दाहाल र वर्षमानको इच्छा विपरीत दाहालकै नजिक मानिने मजदुर नेताहरुले जग्गा बेच्ने चलखेल बढाएपछि दाहाललाई ती मजदुर नेताहरु ओली क्याम्पमा गएका हुन् कि भन्ने गम्भीर आशंका उत्पन्न भएको स्रोतको दाबी छ ।

राम्रै कमिसन आउने देखेपछि पूर्व विध्यार्थी नेता युवराज चौलागाईंले जग्गा दलालहरुलाई उक्त जग्गा पटक पटक देखाइसकेको पनि बतार्इएकाे छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार