पत्नी सिता दाहाललार्इ उपचारका लागि भनेर सिंगापुर गएका प्रचण्डले भारतकाे उपल्लाे स्तरकाे प्रतिनिधिलार्इ भेट्न भनेर लामाे समय कटाएकाे विशेष स्राेतले बताएकाे छ ।

(ने क पा) का एक उच्चस्तरीय नेताका अनुसार प्रचण्ड सिंगापुरमा ‘रअ’का उच्च अधिकारीसँग भेटका लागि मन्त्रणा गरिरहेका छन् । अाेली र एमालेसँग भएकाे भद्र सहमतिअनुसार अढाई वर्षमा ओलीले सरकार नछोड्ने बलियो आशंका उनमा छ ।

अाेलीले सत्ता नछाेड्ने र अर्कातिर अाफ्नै पूर्ववर्ती पकडका मान्छेहरु धमाधम ओली क्याम्पमा छिरेपछि प्रचण्डले अाफ्नाे शक्ति कमजाेर भएकाे भन्दै विदेशी शक्तिकेन्द्रकाे मुख ताक्न थालेकाे अांकलन गरिएकाे छ।

निकै ठूलाे दुविधा र तनावमा रहेका प्रचण्डको प्रधानमन्त्री वा कार्यकारी राष्ट्रपति बन्ने महत्वकांक्षालाई दिल्लीले आफ्नो स्वार्थ अनुकूलको प्रयोगमा लैजान चाहन्छ या के हुन्छ त्याे भने केही दिन कुर्नु पर्ने भएकाे छ ।

यसैका लागि दिल्लीले प्रचण्डमार्फत् नयाँ खिचडी पकाउन थालेको भन्दै अाेली गुटकाे क्याम्पमा हलचल मच्चिन थालेकाे छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार