रसियामा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबलको नकआउट चरणको समिकरण पुरा भएको छ।

बिहिबार समूह एचबाट जापान र कोलम्बिया अन्तिम १६ मा पुगेसँगै प्रि क्वार्टरफाइनलको समिकरण पुरा भएको हो। समूह चरणका सबै खेलहरू बिहिबार रातिबाट सकिएका छन्।

समूह चरणका खेल सकिँदा पहिलो पटक विश्वकप खेलेका आइसल्याण्ड तथा पानामा र साबिक विजेता जर्मनीसहित १६ टिम बाहिरिएका छन्। अब शनिबारदेखि नकआउट चरणका खेल सुरु हुनेछन्।

यसपटक नकआउट चरणमा अफ्रिकन टोली भने ‘निल’ भएका छन्। कुनै पनि अफ्रिकन टोलीले पहिलो चरण पार गर्न सकेनन्। युरोपबाट १० टोली, दक्षिण अमेरिकाबाट चार टोली, उत्तर अमेरिका र एसियाबाट एक-एक टोली नकआउट चरण पुगेका छन्।

समूह ए

विजेताः उरुग्वे
उपविजेताः रसिया
बाहिरिएकाः साउदी अरेबिया र इजिप्ट

समूह बी
विजेताः स्पेन
उपविजेताः पोर्चुगल
बाहिरिएकाः इरान र मोरोक्को

समूह सी
विजेताः फ्रान्स
उपविजेताः डेनमार्क
बाहिरिएकाः पेरु र अस्ट्रेलिया

समूह डी
विजेताः क्रोएशिया
उपविजेताः अर्जेन्टिना
बाहिरिएकाः नाइजेरिया र आइसल्याण्ड

समूह ई
विजेताः ब्राजिल
उपविजेताः स्विट्जरल्याण्ड
बाहिरिएकाः सर्बिया र स्विट्जरल्याण्ड

समूह एफ
विजेताः स्वीडेन
उपविजेताः मेक्सिको
बाहिरिएकाः दक्षिण कोरिया र जर्मनी

समूह जी
विजेताः बेल्जियम
उपविजेताः इंग्ल्याण्ड
बाहिरिएकाः ट्युनिसिया र पानामा

समूह एच

विजेताः कोलम्बिया
उपविजेताः जापान
बाहिरिएकाः सेनेगल र पोल्याण्ड

अन्तिम १६ मा कसको भेट को सँग?

अषाढ १६ः फ्रान्स भर्सेस अर्जेन्टिना । उरुग्वे भर्सेस पोर्चुगल

अषाढ १७ः स्पेन भर्सेस रसिया । क्रोएशिया भर्सेस डेनमार्क

अषाढ १८ः ब्राजिल भर्सेस मेक्सिको । बेल्जियम भर्सेस जापान

अषाढ १९ः स्वीडेन भर्सेस स्विट्जरल्याण्ड । कोलम्बिया भर्सेस इंग्ल्याण्ड

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार