तत्कालीन प्रचण्ड नेतृत्वको माओवादी केन्द्र र विश्वभक्त दुलाल ‘आहुती’ नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका केन्द्रीय स्तरको नेताहरु विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा ध्रुवीकरण हुने भएको छ ।

शनिबार काठमाडौंमा एक ध्रुवीकरण कार्यक्रममार्फत एलपी मगर र खेम प्रधानलगायत ३ सय जना नेता कार्यकर्ताहरू विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीमा ध्रुवीकृत हुने भएका छन् ।

ध्रुवीकृत हुनेहरूलार्इ नेकपाका केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष ईश्वरीप्रसाद दाहाल ‘असारे काका’, पार्टीका पोलिट ब्युरो सदस्य पदम राईलगायत नेताहरूले स्वागत गर्ने भएका छन् ।

नेकपा निकट जनगणतान्त्रिक सम्पर्क समाजले अायाेजना गर्ने साे कार्यक्रममा ती नव प्रवेशीहरूलार्इ स्वागत गरिने भएकाे छ ।

विप्लव नेकपाले देशमा क्रान्तिकारी वैकल्पिक शक्तिकाे धार निर्माण गर्दै अगाडि बढेर नेतृत्व गर्न थालेपछि देशव्यापी विभिन्न पार्टीबाट विद्राेह गरी नेकपामा ध्रुवीकृत हुने लहर चलेकाे छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार