
नेत्र विक्रम चन्द विप्लव नेतृत्वकाे नेपाल कम्यनिस्ट पार्टीका पोलिटब्युरो सदस्य भरत बम ‘रणवीर’लाई प्रहरीले काठमाडाैंबाट डकैत शैलीमा गिरफ्तार गरेको छ ।
शनिबार काठमाडौंकाे नेपालटारमा आयोजित एक कार्यक्रमबाट फर्किरहँदा नेता बमलार्इ सुन्धाराबाट प्रहरीले पक्राउ गरेको हो । नेकपा निकट जनगणतान्त्रिक सम्पर्क समाजद्वारा आयोजीत क्रान्तिकारी धु्रवीकरण कार्यक्रमबाट फर्किरहँदा सुन्धाराबाट नेता रणवीरलाई पक्राउ गरेको हो ।
अाजै काठमाडाैंकाे नेपालटारमा अायाेजित पार्टी प्रवेश कार्यकमबाट पार्टीका केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष ईश्वरीप्रसाद दाहाल ‘असारे काका’ लगायत चार दर्जन भन्दा बढि नेकपाका नेताकार्यकर्तालाई प्रहरीले पक्राउ गरेको थियाे ।
दाहालसहित प्रहरीले नेकपाका पोलिटब्युरो सदस्य पदम राई ‘विकास’, केन्द्रीय सदस्य मकर गुरुङ, नेकपा निकट जनगणतान्त्रिक सम्पर्क समाजका केन्द्रीय अध्यक्ष रत्न मगर, अखिल नेपाल महिला संघ क्रान्तिकारीकी महासचिव धिरेन्द्र उपाध्याय ‘भृकुटी’ लगायतलाई समेत पक्राउ गरेको छ ।
पक्राउ परेका सबैलाई प्रहरी चौकी बालाजुमा राखिएको छ । नेकपाको जनगणतान्त्रिक सम्पर्क समाजद्वारा आयोजीत क्रान्तिकारी धु्रवीकरण कार्यक्रममा प्रहरीले हस्तक्षेप गरी नेकपाका नेता कार्यकर्तालाई पक्राउ गरेको हो ।
शान्तिपूर्ण र खुल्ला तथा सार्वजनिक कार्यक्रममा समेत प्रहरीले यसरी डकैती शैलीमा हस्तक्षेप गर्नथालेपछि मानवअधिकारवादी संगठनले सरकारकाे यस्ताे कार्यकाे विराेध गरेका छन् ।







