अाफ्ना शीर्ष नेताहरू गिरपफ्तारपछि नेपाल कम्युनिस्ट पार्टीले केपी ओली नेतृत्व सरकारकाे फासीवादी कदमको विरुद्ध सशक्त प्रतिरोध गर्ने भएकाे छ ।

नेकपाका महासचिव विप्लवले अाइतबार विहान एक प्रेस विज्ञप्ति निकालेर अाेली सरकारकाे सामाजिक फासिवादी दमनकाे प्रतिराेध गर्ने चेतावनी दिएका हुन् ।

शनिबार काठमाडौंबाट नेकपाका केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष असारे काका, पीबीएम पदम राई, अर्का पीबीएम भरत बम, केन्द्रीय सदस्य मकर गुरुङलगायत चार दर्जन नेता कार्यकर्ता गिरफ्तार भएपछि  महासचिव विप्लवले यस्ताे चेतावनी दिएका हुन् ।

‘कम्युनिस्टको नाममा सामाजिक फासीवादको अभ्यास गरिराखेको केपी ओलीको सरकार गठन भएदेखि नै जनयुद्ध र जनआन्दोलनद्वारा प्राप्त सीमित राजनौतिक उपलब्धिहरु खोस्दै गएको छ । साथै, संसदीय दलहरुले नै बनाएको भनिएको संविधानमा राखिएका प्रावधानहरुलाई यो सरकारले लत्याइराखेका छ ।’ विज्ञेप्तीमा भनिएकाे छ, ‘मुलरुपमा नेपाल कम्युनिस्ट पार्टीको गतिविधिमाथि यो सरकारले अघोषित प्रतिबन्ध लगाएको छ । यो घटनाले आफूलाई वामपन्थी भनेर चुनाव जितेको केपी—पीके कम्पनीलाई छाडेर नेता÷कार्यकर्ताहरु क्रान्तिकारी धारमा समाहित हुन थालेपछि अतालिन पुगेको सहजै अनुमान गर्न सकिन्छ ।’

विज्ञेप्तीमा महासचिव विप्लवले बिनासर्त गिरफ्तार नेता कार्यकर्ताहरूलार्इ तत्काल रिहा गर्न माग गरेका छन् ।

‘गिरफ्तार सबै कमरेडहरुलाई बिना शर्त तुरुन्त रिहाइको लागि जोडदार माग गरिन्छ । यदि रिहा नगरिएको खण्डमा हाम्रो पार्टी सशक्त संघर्ष गर्न बाध्य हुने छ । साथै, यो सरकारले काठमाडौंका विभिन्न स्थानहरुमा सभासम्मेनलमाथि पूर्ण प्रतिबन्ध लगाई हिजो कै राजतन्त्रात्मक निरङ्कुश शासनको झल्को दिइरहेको छ । हामी यो सरकारको यस्तो निरङ्कुश कदमको घोर निन्दा गर्नुका साथै, देशभक्त, सच्चा जनवादी, नागरिक समाज एकजुट भएर प्रतिवाद गर्न पनि आव्हान गर्दछौं ।”

विज्ञप्तिको पूर्णपाठ-

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार