पुनगर्ठित माओवादी केन्द्रका अध्यक्ष गोपाल किरातीले शनिबार काठमाडौंको दुई ठाउँबाट विप्लव नेकपाका नेता कार्यकर्ताहरुको गिरफ्तारीको घोर भत्र्सना गरेका छन् ।

नेकपाका पोलिटव्युरो सदस्य पदम राई र भरत बम रणवीर र केन्द्रीय सल्लाहकार अध्यक्ष इश्वरी दाहाललगायत झण्डै चार दर्जन नेता कार्यकर्ता गिरफ्तार गरेर ओली प्रचण्ड नेतृत्वको सरकार चरम फासिवादी बनेको अध्यक्ष किरातीको गंभीर आरोप छ ।

जनपाटी अनलाइनसँगको संक्षिप्त कुराकानीमा किरातीले ओली सरकार गणतन्त्रविरोधी र सामाजिक फासिवादी बनेको भन्दै ओली सरकारको यस्तो हर्कतका विरुद्ध चौतर्फी विरोध र भण्डाफोर गर्नुपर्ने बताए ।

‘सच्चा माओवाद र पहिचानपक्षधरहरुलाई नामेट पार्ने यो ओली डक्ट्रिन हो ।’ किरातीले भने, ‘यस हर्कतका विरुद्ध सबै देशभक्त तथा पहिचान पक्षधरहरुलाई उभिन अनुरोध गर्छु ।’

भारतमा कुनैबेला चारुम जुमदारको रगत पिएर ज्योती वसुले क्रान्तिकारीहरुको कत्लेआम गरेको बाटो केपी र प्रचण्डहरुले समाएको भन्दै अन्तत ओली र प्रचण्डको पतन अनिवार्य भएको किरातीको दाबी छ ।

गिरफ्तार नेकपा नेताहरुको तत्काल रिहाइको माग गर्दै माओवादी केन्द्रका अध्यक्ष किरातीले ओली सरकारको निरंकुश र सामाजिक फासिवादी दमनका विरुद्ध आवाज उठाउन सबैमा अपिल समेत गरका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार