नेकपा क्रान्तिकारी माअाेवादीका महासचिव माेहन वैद्य किरणले पनि शनिबार काठमाडाैंबाट विप्लव नेतृत्व नेकपाका नेता कार्यकर्ताहरूकाेे गिरफ्तारकाे विराेध गरेका छन् ।

काठमाडाैंस्थित नेपालटार कार्यक्रमबाट नेकपाका केन्द्रिय सल्लाहकार अध्यक्ष इश्वरी दाहाल असारेकाका, पाेलिटव्युराे सदस्य पदम रार्इलगायत चार दर्जन नेता कार्यकर्तालार्इ गिरफ्तार गरेकाे थियाे भने अर्का पाेलिटव्युराे सदस्य भरत बम रणवीरलार्इ काठमाडाैंकै सुन्धराबाट गिरफ्तार गरेकाे थियाे ।

जनपाटी अनलाइनसँगकाे टेलिफाेन कुराकानीमा क्रान्तिकारी माअाेवादीका अध्यक्ष वैद्यले नेकपाका गिरफ्तार नेता कार्यकर्ताबारे अाफुलार्इ अाधिकारिक जानकारी नअाएकाे तर बुझेर चाँडै त्यसबारे पार्टीकाे अाधिकारिक धारणा सार्वजनिक गर्ने बताए ।

नेकपाका नेता कार्यकर्ताहरूकाे अाेली सरकारद्धारा भएकाे यस्ताे निरंकुश धरपकडकाे म व्यक्तिगत रूपले घाेर विराेध गर्दछु । महासचिव वैद्यले जनपाटीसँग संक्षिप्त प्रतिक्रिया दिदै भने, बाँकी कुरा हामी पार्टीमा छलफल गरेर पार्टी धारणा सार्वजनिक गर्छाैं ।

अाज अाइतबार पुनर्गठित माअाेवादी केन्द्रका अध्यक्ष गाेपाल किरातीले पनि जनपाटी अनलाइनसँग संक्षिप्त कुराकानी गर्दै नेकपाका नेता कार्यकर्ताहरूकाे गिरफ्तारीकाे विराेध र भर्त्सना गरेका छन् ।

त्यसअघि नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवले कडा विज्ञेप्ती जारी गर्दै अाफ्ना गिरफ्तार नेता कार्यकर्ता तत्काल रिहा नगरे कडा प्रतिराेध गरिने बताएका छन् ।

शान्तिपूर्ण कार्यक्रममा अाेली सरकारले देखाएकाे यस्ताे फासिवादी दमनकाे चाैतर्फी विराेध र भर्त्सना हुनथालेपछि अाेली सरकार सबैतिरबाट नांगिन पुगेकाे छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार