जनअधिकार अभियान नेपाल नामक मानवअधिकार संगठनले नेत्र विक्रम चन्द विप्लव नेतृत्व नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सल्लाहकार अध्यक्ष इश्वरीदाहालसहित चार दर्जन नेता कार्यकतालाई गरिएको गिरफ्तारको विरोध गरेको छ ।

वर्तमान संविधानले शान्तिपूर्ण सभा र जुलुश गर्न दिने संवैधानिक अधिकारप्रति वर्तमान सरकारले शान्तिपूर्ण कार्यक्रममा सहभागी नेकपाका नेता कार्यकर्ताहरुलाई गिरफ्तार गर्नु मानवअधिकारको पूर्ण रुपले उल्लंघन भएको अभियान नेपालले आफ्नो गंभीर ध्यानकर्षण भएको बताएको छ ।

अभियान नेपालका अध्यक्ष एकराज भण्डारीले जनपाटी अनलाइनसँगको कुराकानीमा कुनै पनि राजनीतिक दलले आफ्नो छुट्टै राजनीतिक आस्था र विचार राख्न पाउने संविधानप्रदत अधिकारमाथि ओली सरकारले दमन गर्नु संविधानकै वर्खिलाप भएको बताएका छन् ।

शनिबार गिरफ्तार नेकपाका नेता कार्यकर्ताहरुहरुलाई तत्काल रिहा गर्न अभियान नेपालका अध्यक्ष भण्डारीले सरकारलाई अनुरोध समेत गरेका छन् ।

‘हिजो शनिबार काठमाडौंम ागिरफ्तार नेकपाका सबै नेता कार्यकर्ताहरुको रिहाइ गर्न वर्तमान सरकारलाई आग्रह गर्दछु ।’ भण्डारीले भने, ‘राजनीतिक मुद्धा लिएर हिडेको पार्टीका नेताकायर्कतालाई गिरफ्तार गरेर होइन वार्ताको माध्यमबाट निकास खोज्नुपर्छ ।’

अध्यक्ष भण्डारीले तत्काल सरकारले नेकपाका नेता कार्यकर्तामाथि दमनको बाटो नभइ वार्ता र छलपलबाट राजनीतिक समस्याको निकास खोज्न आग्रह गरेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार