दाङमा विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीको अाह्वानमा क्रान्तिकारी ध्रुवीकरण अभियानबाट विभिन्न पार्टीका दर्जनाै नेता कार्यकर्तामा नेकपा ध्रुवीकृत भएका छन् ।

पछिल्लो चरणमा विद्यमान संसदीय व्यवस्था र माअाेवादी केन्द्र एमालेमा विलय भएपछि त्यसबाट असन्तुष्ट भएका पूर्व माकेका दर्जनाैं जिल्ला सदस्यसहित नेता कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गर्ने क्रम जारी रहेको छ ।
यसै अन्तर्गत दाङको राजपुरमा ६० जना फेरि विभिन्न पार्टी परित्याग गरि विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् ।
राजपुर ७ नं. वडा निपुवाखाेलामा माअाेवादी केन्द्रका जिल्ला सदस्य मिलन बस्नेतकाे नेतृत्वमा ३० जनाले प्रवेश गरेका छन् भने राजपुरकै ७ नं. वडा सिक्टाकाे कात्तिकेमा माअाेवादी केन्द्रकै जिल्ला सदस्य कृष्ण बहादुर शाहकाे नेतृत्वमा माके लगायत विभिन्न पार्टी परित्याग गरि ३० जना नेकपामा प्रवेश गरेका छन् ।
नवप्रवेशीहरुले देश र जनताको मुक्ति वैज्ञानिक समाजवादी व्यवस्थाले मात्र गर्ने भन्दै त्यसको प्राप्तिका लागि एकीकृत जनक्रान्तिमा लागिरहने संकल्पका साथ प्रवेश गरेको बताएका छन् ।
यसैबीच नवप्रवेशीहरुलाई नेपाल कम्युनिस्ट पार्टी दाङमा अाबद्ध गराउदै विभिन्न ठाउँमा जनवर्गीय संगठन पनि गठन गरिएको छ ।
राजपुर ७ निपुवाखाेलामा गिता विककाे अध्यक्षतामा ११ सदस्यीय अखिल नेपाल महिला संघ क्रान्तिकारी गाउँ इकाई कमिटी गठन गरिएको छ ।







