माेहन वैद्य नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)ले अब प्रतिराेध संघर्षकाे तयारी थाल्ने भएकाे छ ।

असार १२ देखि १६ सम्म बसेको केन्द्रीय समितिको बैठकले प्रतिरोध संघर्षको तयारीलाई घनिभूत बनाउने निर्णय गरेको हाे । राष्ट्रियता, जनतन्त्र र जनजीविकाकाे प्रश्नलार्इ केन्द्रबिन्दु मानेर संघर्ष थालिने साे पार्टीले जनाएकाे छ ।

बैठकपछि महासचिव मोहन वैद्य‘किरण’द्धारा जारी विज्ञेप्तीमा जनाइएको छ ।बक्तव्यमा भनिएको छ –

“संघर्षलाई केन्द्रीय, प्रादेशिक तथा स्थानीय गरी तीन तहमा संगठित गर्ने, प्रादेशिक तथा स्थानीय संघर्षमा विशेष जोड दिने, जनसंघर्ष, वर्गसंघर्ष र प्रतिरोध संघर्षको तयारी गर्ने निर्णय लिइएको छ । त्यस प्रकारका संघर्षका लागि सामान्यतः राष्ट्रियता, जनतन्त्र र जनजीविका र विशेषतः संयुक्त मोर्चा, जनवर्गीय मोर्चा तथा जातीय क्षेत्रीय आदि मोर्चाका मागहरुलाई सुत्रबद्ध गर्ने र त्यसै आधारमा अगाडि बढ्ने ठेगान भएको छ ।”

क्रान्तिकारी माअाेवादीले विप्लव नेतृत्वकाे नेकपा, माेहन विक्रम सिंह नेतृत्वकाे नेकपा मसालसहित पार्टीहरुसित पार्टी एकताका लागि आधार तयार पार्नेबारे प्रयास गर्दै आएकोमा हाल नेकपा (मसाल) यस प्रक्रियाबाट बाहिरिएको अवस्थामा विप्लव नेकपासिहत एकताकाे अाधार नजिकिएको ठहर गरेकाे छ ।

पुर्व माअाेवादी केन्द्रकाे एमालेमा विलय भई कथित नेकपाका रुपमा निर्मित घोर दक्षिणपन्थी अवसरवादी गठबन्धन नव प्रतिक्रियावादी शक्तिका रुपमा सरकारमा आसिन बन्न पुगेको वैद्य माअाेवादीकाे ठहर छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार