नेत्र विक्रम चन्द विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय नेता र कार्यकर्ताहरूलार्इ प्रहरीले शान्तिपूर्ण कार्यक्रम गरिरहेकाे बेला गिरफ्तार गरेपछि अाेली प्रचण्ड नेतृत्वकाे नेकपाका नेताहरूले नै साे कार्यकाे विराेध गरेका छन् ।

हालै काठमाडाैंबाट विप्लव नेकपाका केन्द्रीय सल्लाहकार अध्यक्ष इश्वरी दाहाललागयत पाँच दर्जन नेता कार्यकर्ताहरूलार्इ प्रहरीले  गिरफ्तार गरेकाेमा प्रचण्ड समुहका एक वरिष्ठ केन्द्रीय सदस्यले अापत्ति जनाएका छन् ।

 

जनपाटी अनलाइनसँगकाे टेलिफाेन कुराकानीमा नाम नछाप्ने शर्तमा ती नेताले रामबहादुर थापा बादल गृहमन्त्री भएकाे बेला हिजाेका अाफ्नै सहकर्मी नेताहरूमाथि यस्ताे घाेर दमन गर्नु उचित नभएकाे बताए ।

‘हामी त हिजाे सँगै लडेका साथी भार्इहरू नै हाैं । शान्तिपूर्ण कार्यक्रम गरिरहेका विप्लव नेकपाका साथीहरूलार्इ प्रहरीले गिरफ्तार गरेर दमनकाे बाटाे निम्तायाे ।’ उनले भने, ‘यस्तै हाे भने ०५२ सालजस्तै अर्काे द्धन्द्ध भड्किन सक्छ, गृहमन्त्री बादलजीले संयमता अपनाउनुपर्छ ।’

प्रचण्ड समुहका ती नेताले सरकारले अहिले विप्लव नेकपाकाे शान्तिपूर्ण कार्यक्रममा देशैभरिबाट गरेकाे धरपकड र गिरफ्तारीकाे जति विराेध र भर्त्सना गरेपनि कम हुने बताए ।

‘विप्लव नेकपालार्इ शान्तिपूर्ण कार्यक्रम गर्न नदिएर सरकारले अति नै गर्याे ।’ ती नेताले भने, ‘अब तुरून्त सरकारले यस्ता दमनकारी हर्कत राेक्नैपर्छ ।’

शनिबार नेकपाका गिरफ्तार नेता कार्यकर्ताहरूमध्ये सबैतिरबाट विराेध र भर्त्सना भएपछि केन्द्रीय सल्लाहकार अध्यक्ष इश्वरी दाहालसहित ३१ जना नेता कार्यकर्ता रिहा भएपनि पदम रार्इ र भरत बमलगायत ९ जना नेता कार्यकर्ता अझै हिरासतमा रहेका छन् ।

बाँकी हिरासतमा रिहा भएका नेता कार्यकर्ताहरूकाे तत्काल रिहा गर्न प्रचण्ड समुहका ती नेताले सरकारलार्इ अाग्रह समेत गर्ने प्रतिक्रिया दिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार