जनतालेे लडेर ल्याएकाे गणतन्त्रमा वर्तमान सकारका प्रधानमन्त्री केपी अाेली र गृहमन्त्री रामबहादुर थापा बादलले शान्तिपूर्ण कार्यक्रमलार्इ गर्न नदिएर हिटलरी शासनकाे पुनरावृति गर्न खाेजेकाे भन्दै वामपन्थी वरिष्ठ साहित्यकार खगेन्द्र संग्राैलाले त्यसकाे घाेर विराेध र भर्त्सना गरेका छन् ।

साहित्यकार संग्राैलाले सामाजिक संजाल फेसबुकमार्फत रत्नपार्क र माइतीघर मण्डलामा शान्तिपूर्ण सभा र जुलुश गर्न नदिने अाेली सरकारकाे कडा रूपमा विराेध गरेका छन् ।

जनयुद्ध र जनअान्दाेलनबाट अाएका केपी शर्मा अाेली र रामबहादुर थापा बादलले ज्ञानेन्द्र र कमल थापाकाे बाटाे पछयाएकाे साहित्यकार संग्राैलाले गंभीर अाराेप लगाएका छन् । उनले अाेली र बादलकाे हिटलरी निषेधाज्ञालार्इ ताेडेर छाडिने चेतावनी दिएका छन् ।

‘अाेली राजमा रत्नपार्क र मण्डलामा पनि जुट्न र बाेल्न नपाइने ? विमति र विराेध बाेल्ने थलाे पनि शासकैले ताेक्ने ? अनि यसकाे नाम विधिकाे शासन ?’ संग्राैलाले भनेका छन्,  ‘हैट्, प्रम अाेलीकाे मतिमा ज्ञानेन्द्रकाे र गृहमन्त्री रामबादुरकाे बाेलीमा कमल थापाकाे झल्काे ! सुनिस्याेस् प्रभु- यस्ता हिट्लरी निषेधाज्ञा ताेडिन्छ !’

अाेली सरकार समाजवादकाे नाम लिएर सामाजिक फासिवादी बन्न पुगेकाे भन्दै अाेलीकाे देशव्यापी रूपमा विराेध र भर्त्सना भइरहेकाे छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार