तत्कालिन नेकपा एमाले र माअाेवादीबीच पार्टी एकीकरण हुनुमा एक ठूला माफिया डन दुर्गा प्रसार्इ नामका व्यवसायीकाे प्रभाव रहेकाे एक खतरनाक खुुलासा भएकाे छ ।

विवादले एकता हुन नसक्ने माेडमा पुगेकाे बेला पार्टी एकिकरणले अचानक मुर्त रुप पाउनुमा उनै ठूला माफिया डन प्रसार्इकाे निकै ठूलाे अार्थिक प्रलाेभनपछि एकता भएकाे विशेष स्राेतकाे भनार्इ छ ।
एमाले र माओवादीबिचको पार्टी एकता प्रक्रियाको अन्तिम टुङ्गो लगाउन एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्ड दुर्गा प्रसाईको घरमा बसेर छलफल गरेपछि अन्तिम टुङ्गो लागेकाे थियाे। याे टुङ्गाे प्रसार्इकाे घरमा ५ पटककाे बैठकमा लागेकाे थियाे।
पाँचाै पटककाे बैठकमा पनि पार्टी एकिकरणाकाे टुङ्गाे नलाग्ने परिस्थिति देखेपछि प्रसार्इले पार्टी एकिकरण पश्चात संचालनकाे लागि ५ अर्ब ३० कराेड रुपैयाँ दिने बाँचा गरेपछि पार्टी एकताले मुर्त रुप लिएकाे थियाे।र प्रसार्इ दुवै दलका अध्यक्षहरुलार्इ भविष्यमा पार्टी संचालनकाे लागि अार्थिक अावश्यक्ता पर्याे भने गर्ने बाँचा समेत गरेका थिए।
स्राेतका अनुसार बि एण्ड सि मेडिकल कलेजका सञ्चालक साईले राजनीतिक लाभ लिनका लागि आफ्नो घरमा नेताहरुलाई बोलाएर बैठक बसाउने, खाना खुवाउने गरेका थिए।
स्राेतका अनुसार राजनीतिक लाभ लिनका लागि नै प्रसार्इले अार्थिक चलखेल गरी पार्टी एकिकरण गराइ अाफ्नाे पक्षमा हुने गरी चिकित्सा शिक्षा अध्यादेश पारित गराउने रणनीति हाल रहेका छन्।
पार्टी एकता गराउनका लागि मेरो ९९ प्रतिशत भूमिका रहेकाे समेत प्रसार्इले एक रेडियाे कार्यक्रममा भनेका थिए। जबकी दुवै नेता अाेली र प्रचण्ड जनताकाे भवना अनुसार एकता भएकाे बताएका थिए।
पार्टी-पार्टीबीच रहेका नेताहरुले एकिकरणकाे टुङ्गाे लगाउन नसकेर एक उधेागीले एकिकरणमा ठुलाे भूमिका खेलेकाे भन्छ भने पार्टी एकिकरण अाफैमा रहस्यमै रहेकाे भन्ने बुझ्न सकिन्छ।
नेपालपानाकाे सहयाेगमा ।







