दश वर्षे जनयुद्धकालमा तत्कालीन माअाेवादी विद्राेही र सरकारबीच युद्धका क्रममा वार्ताका लागि सहजकर्ताकाे भूमिका निर्वाह गरेका पूर्व वार्ता सहजकर्ता दमननाथ ढुंगानाले विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीकाे शान्तिपूर्ण कार्यक्रममा भइरहेकाे धरपकड र गिरफ्तारीकाे विराेध गरेका छन् ।

विद्यमान संविधानले दिएकाे शान्तिपूर्ण सभा र जुलुश गर्न पाउने अधिकारमाथि अाेली सरकारले दमनकाे बाटाे अख्तियार गर्नु दुखद भएकाे ढुंगानाकाे भनार्इ छ ।

हालै केहीदिन अघि मात्र  काठमाडाैंबाट विप्लव नेकपाका द्धय पाेलिटव्युराे सदस्य पदम रार्इ र भरत बमलगायत ४१ केन्द्रीय नेता कार्यकर्तालार्इ प्रहरीले गिरफ्तार गरेकाे थियाे ।

गिरफ्तार नेता कार्यकर्तामध्ये नेकपाका केन्द्रिय सल्लाहकार अध्यक्ष इश्वरी दाहाललगायत ३१ जनालार्इ प्रहरीले रिहा गरेपनि दुर्इ पाेलिटव्युराे सदस्य पदम रार्इ र भरत बमलगायत ९ जना नेता कार्यकर्तालार्इ अझै हिरासतमा राखेकाे छ ।

विप्लव नेकपाका नेता कार्यकर्तामाथि शान्तिपूर्ण कार्यक्रम गर्न नदिएर सरकारले किन दमनकाे बाटाे अख्तियार गरिरहेकाे छ ? भन्ने जनपाटीसँगकाे कुराकानीमा ढुंगानाले अाफुलार्इ नेकपाका देशैभरि गिरफ्तार नेता कार्यकर्ताबारे जानकारी नभएकाे तर जसरी शान्तिपूर्ण कार्यक्रममा धरपकड गरेकाे छ त्याे निन्दनीय कार्य भएकाे बताए ।

‘म नीतिगत हिसाबले हिंशाकाे विराेधी हुँ र हरेक समस्याकाे समाधान शान्तिपूर्ण माध्यमबाट खाेजी गर्नुपर्छ ।’ उनले भने, ‘विप्लव नेकपा हाेस् या अरू कुनै पनि पार्टीले शान्तिपूर्ण कार्यक्रम गर्नु पाउनुपर्छ ।’

अाेली सरकारकाे दमनकारी बाटाेकाे वैद्य माअाेवादीलगायत विभिन्न नागरिक समाज र मानवअधिकारवादी संघ संगठनहरूले विराेध जनाइसकेका छन् ।

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार